गोर्खा मिडिया नेटवर्कका छविलाल जोशीलाई पक्राउ
गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक समितिका सदस्य छविलाल जोशीलाई आइतबार काठमाडौंको शंखमुलबाट पक्राउ परी जोशीलाई राति नै बुद्ध एयरको जहाबाट पोखरा लगिएको थियो।
कास्की प्रहरीले उनी भागेर विदेश जान लागेको भन्ने गोप्य सूचनापछि पक्राउ गरिएको जनाएको छ।उनलाई सुर्यदर्शन सहकारीको बचत अपचलनसम्बन्धी विषयमा पक्राउ गरिएको हो।
ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्ने संस्था गोर्खा मिडियामा जोशीको ३५ प्रतिशत सेयर थियो। टेलिभिजन सञ्चालन भएको केही समयपछि उनले गोर्खा मिडिया छाडेका थिए। उनले छाडेपछि उक्त सेयर पनि अध्यक्ष जिबी राईकै नाममा रह्यो।
गृहमन्त्री रमेश लेखकले आइतबार प्रहरी प्रधान कार्यालयलाई संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका थिए। उक्त निर्देशन दिएको केही समयमै जोशी पक्राउ परेका हुन्।