२० आश्विन २०८१, आईतवार

४३ वर्षीया आतिशी दिल्लीको तेस्रो महिला मुख्यमन्त्री

2


४३ वर्षीया आतिशी दिल्लीको तेस्रो महिला मुख्यमन्त्री हुन् । आम आदमी पार्टीकी नेता नयाँ मुख्यमन्त्री बनेकी छन् । उनले शनिबार नै उपराज्यपाल भीके सक्सेनासामू पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।
अरविन्द केजरीवाल २०१३ देखि (राष्ट्रपति शासन लागू भएको समय बाहेक) दिल्लीको मूख्यमन्त्री थिए । तर पछिल्लो पटक मदिरासम्बन्धी नीति बनाउने क्रममा भ्रष्टाचार गरेको आरोपमा पक्राउ गरे । करिव ६ महिना हिरासतमा रहेका अरविन्द केजरीवाल अदालतको आदेशमा छुटे । तर तिहाड जेलबाट छुटेको दुई दिनपछि उनले आफूमाथि झुटो आरोप लागकोले जनताको परीक्षामा जाने भन्दै राजीनामा दिने घोषणा गरे । मंगलबार आम आदमी पार्टीको विधायक मण्डलको बैठक राखेर आतिशीलाई दल नेता चुने ।
आतिशीको कार्यकाल चार महिना हुनेछ । किनकी फेब्रुअरी २०२५ मा विधानसभा चुनाव हुनेछ । आम आदमी पार्टीले केजरीवाललाई नयाँ मुख्यमन्त्रीका रुपमा अघि सारिसकेको छ ।

Leave A Reply

Your email address will not be published.