दुर्गा प्रसाईँविरुद्ध पक्राउ पूर्जी जारी भएको छ
जिल्ला अदालत काठमाडौंले दुर्गा प्रसाईंलाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो । प्रसाईंविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी परेपछि ब्युरोले उनलाई पक्राउ गर्नका लागि जिल्ला अदालतसँग अनुमति मागेको थियो ।
झन्डै १५ दिन अगाडि उनीविरुद्ध प्रहरीको साइबर व्युरोमा उजुरी दर्ता भएको थियो। त्यसैको आधारमा प्रहरी जिल्ला अदालत गएको थियो। जिल्ला अदालतले आज प्रसाईँलाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो।