२८ आश्विन २०८१, सोमबार

अदनान सामीको गीत र आफ्नो लिप–सिङ्कबीच मेल नदेखिएको भन्दै  पार्श्व गायनलाई फेर्न दबाब

बलिउड अभिनेता राजकुमार रावले

2

नयाँ दिल्ली । बलिउड अभिनेता राजकुमार रावले आफ्नो आगामी फिल्मबाट  सामीको गीत र आफ्नो लिप–सिङ्कबीच मेल नदेखिएको भन्दै  पार्श्व गायनलाई फेर्न दबाब दिएका थिए ।

राजकुमार रावले पहिले नै अस्थायी आवाजमा लिप–सिंक गरेर गीतको दृश्यहरू खिचिसकेका थिए । अहिले आएर सामीको सशक्त स्वर र आफ्नो ओठको हाउभाउ नमिलेको भन्दै मेकरहरू सामु असहमति व्यक्त गरेका छन् । रावले पार्श्व गायक नै फेर्न अडान लिइरहेका छन् । नयाँ गीतलाई लिएर आफू निकै उत्साहित रहेको हालै एक अन्तरवार्तामा सामीले भनेका पनि थिए ।

अदनान सामीलाई टी–सिरिज म्युजिक  लेबल र सचिन–जिगरले नौ वर्षको अन्तरालपछि एउटा रोमान्टिक गीतमा आवाजका लागि सम्पर्क गरेका थिए । गीतको धुन र भूषण कुमारसँग आफ्नो धेरै घनिष्ठ सम्बन्धलाई ध्यानमा राख्दै, अदनान सामी तुरुन्तै सहमत पनि भए । पाकिस्तानी गायक अदनान सामीको गीत हटाएका छन् । सामी ९ वर्षपछि बलिउडको पार्श्वगायनमा कमब्याक गर्दै थिए । उनले शानदार गीत दिए ।

राज शाण्डिल्यले निर्देशन गरेको विक्की विद्याका वो वाला भिडियो सन् १९९० को दशकको कथामा आधारित छ । यो फिल्मलाई शुद्ध मसाला मनोरञ्जनात्मक बताइएको छ । राज शाण्डिल्यको लेखन तथा निर्देशन रहेको चलचित्रमा सचिन–जिगरको सङ्गीत रहेको छ । यो फिल्म सन् २०२४ को अक्टोबर ११ मा हलमा रिलिज हुनेछ ।

Leave A Reply

Your email address will not be published.