नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दै छ

आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत क्यानडा भ्रमणमा रहेको नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दै छ ।
आफ्नो पहिलो खेलमा क्यानडासँग १ सय ३ रनको फराकिलो अन्तरले पराजित भएको नेपाललाई यस त्रिकोणात्मक सिरिजमा पुनरागन गर्न आज जित हासिल गर्नु पर्नेछ ।
नेपाल र ओमान हालसम्म ७ पटक मौदान उत्रँदा नपालले ३ र ओमानले ४ खेल जितेको छ । आजको खेल जित्दै नेपाललाई मध्यपूर्वी टोलीविरुद्ध हेड टु हेडमा बराबरी गर्ने अवसर हुनेछ ।
मेपल लिफ क्रिकेट मैदान, किङ सिटीमा खेल नेपाली समयअनुसार राति पौने ९ बजे सुरु हुनेछ । यस मैदानमा टस जित्ने टोलीले पहिला फिल्डिङ गर्न सक्छ ।