२० आश्विन २०८१, आईतवार

म मुख्यमन्त्रीको कुर्सीमा बस्ने छैन

2

भारत दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले राजीनामा गर्ने घोषणा गरेका छन् । दुई दिनअघि जमानतमा जेलबाट बाहिर आएका केजरीवालले मुख्यमन्त्री पदबाट राजीनामा गर्ने उद्घोष गरेका हुन् । उनी आम आदमी पार्टीको कार्यालयमा बोलिरहेका थिए ।

उनले भने, ‘भाजपाले ममाथि बेइमानी, भ्रष्टाचारको आरोप लगाएको छ । अब जनताको अदालतमा मेरो इमानको फैसला हुने छ । दुई/तीन दिनमा विधायकहरूको बैठकमा नयाँ मुख्यमन्त्री चयन गरिने छ । चुनावसम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्ने छैन ।’

 

Leave A Reply

Your email address will not be published.