प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरूको बैठक निष्कर्षविहीन
![](https://gurukulnews.com/wp-content/uploads/2024/09/458072327_1184848516065676_522429607724991084_n-1726386235-300x200.jpg)
सभामुख देवराज घिमिरलेले बोलाएको प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरूको बैठक निष्कर्षविहीन बनेको छ । प्रतिनिधिसभाको गतिरोध हटाउने विषयमा सभामुख घिमिरेले बैठक राखेका थिए ।
नेकपा एमाले सचिव योगेश भट्टराईले माओवादी सशस्त्र संघर्षलाई हिंसा भनेपछि माओवादी केन्द्र असन्तुष्ट छ । उसले प्रतिनिधिसभाको पछिल्लो बैठक अवरोध गरेको थियो । आज १ बजे बस्ने भनिएकाे बैठक सुरु हुन सकेको छैन ।