४ फाल्गुन २०८१, आईतवार

काठमाडौं विश्वविद्यालयको शैक्षिक कार्यक्रम रुपन्देहीमा समेत अध्यापन हुने भएको छ ।

5


काठमाडौं । अब काठमाडौं विश्वविद्यालयको शैक्षिक कार्यक्रम रुपन्देहीमा समेत अध्यापन हुने भएको छ । विश्वविद्यालयको विस्तारित कार्यक्रम अन्तर्गत रुपन्देही जिल्लाको मणिग्रामस्थित रेडियन्ट कलेजमा सूचना प्रविधिको शैक्षिक कार्यक्रम बी टेक एड आईटी ( (B.Tech.Ed IT)) पढ्न पढाइ हुने भएको हो ।

हालै एक समारोहबीच कलेजमा यस कोर्सको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । विश्वविद्यालयका विभागीय प्रमुख विनोद पन्तका अनुसार पहिलोपटक रुपन्देहीमा सञ्चालन हुने यस कोर्सबाट विद्यार्थीले नवीनतम प्रविधि र पाठ्यक्रममा आधारित शिक्षाबाट समग्र विद्यार्थी लाभान्वित हुनेछन् ।

कस्तो छ कोर्स ?

केयूको यो कोर्स ‘स्कुल अफ एजुकेसन’को स्टिम एजुकेसन विभाग अन्तर्गत राखिएको छ । यो चार वर्षे (आठ सेमेस्टर) १३६ क्रेडिट आवरको कोर्स हो । प्राविधिक तथा व्यावसायिक शिक्षामा आवश्यक पर्ने व्यावसायिक जनशक्ति उत्पादनमा यो कोर्स केन्द्रित छ । साथै कोर्स पढेपछि सूचना प्रविधि क्षेत्रका विभिन्न काम गर्न दक्ष हुन सकिन्छ ।

केयूले सन् २०२२ देखि मात्रै यो कोर्स सञ्चालनमा ल्याएको हो । सरल भाषामा बुझ्दा यो कोर्स शिक्षा र आईटी कोर्सको मिश्रण हो । यस कोर्सले टीभेट क्षेत्रको जनशक्तिको माग पूरा गर्ने बताइएको छ ।

पाठ्यक्रम

कोर्समा आईटीबाहेक शिक्षा तथा शिक्षण सम्बन्धी पनि पाठ्यक्रम राखिएको छ, जसमा करिकुलम डेभलपमेन्ट, एजुकेसनल साइकोलोजी, टीभेट इकोसिस्टम इन नेपाल, डिजाइनिङ अकुपेसनल करिकुलम आदि विषय छन् ।

त्यस्तै आईटीमा सफ्टवेयर डेभलपमेन्ट, सफ्टवेयर इन्जिनियरिङ, प्रोग्रामिङ ल्याङ्ग्वेज, डिजिटल लजिक, ई-लर्निङ म्यानेजमेन्ट सिस्टम लगायत अन्य विषय पढ्नुपर्छ । त्यस्तै यस कोर्समा विद्यार्थीले शिक्षण र व्यवहारिक काम गरी दुई ओटा इन्टर्नशिप गर्नुपर्ने हुन्छ ।

विश्वविद्यालयले यस विषयमा कोर कोर्स १८ क्रेडिट आवर, भोकेसनल पेडागोजिकल कोर्स २० क्रेडिट, स्पेसलाइजेसन इन आईटी ८० क्रेडिट आवर  र इन्टर्नशिप तथा रिसर्च १८ क्रेडिट आवर बराबर तोकेको छ ।

Leave A Reply

Your email address will not be published.

toto slot xx1toto slot toto slot gacor Bandar Togel Bandar Togel slot toto toto slot toto slot slot dana xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto Bandar Slot Gacor Situs Toto Slot Situs Slot Toto xx1toto