४ फाल्गुन २०८१, आईतवार

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा एरिका उत्कृष्ट खेलाडी

4


एरिका गुरुङ कराँतेका उम्दा खेलाडी त हुन नै, उनका एउटा अर्को ठूलो विशेषता पनि छ । त्यो हो, मीठो बोली । वर्ष २०८० मा उनले त्यस्तो उपलब्धि चुमेकी थिइन्, जसलाई नेपाली खेलकुद इतिहासकै सबैभन्दा ठूलोमध्ये एक हो भनेर मज्जाले मान्न सकिन्छ । एरिकाले चीनको हाङचाउमा भएको एसियाली खेलकुदमा रजत पदक जितेकी थिइन् । यस्तोमा वर्ष ०८० मा महिलातर्फ उनी वर्ष खेलाडी नभएको भए को हुने थियो त ? यो त ‘ओपन सेक्रेट’ जस्तै थियो ।

नभन्दै एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा एरिका नै महिलातर्फ उत्कृष्ट खेलाडी घोषित भइन् । अनि उत्तिकै मीठो भाषामा भनिन्, ‘यो अवार्डले सपना देख्नलाई प्रोत्साहन गर्नेछ ।’ भएको के थियो भन्दा त्यो एसियाली खेलकुदमा रजत पदक जित्न अगाडिसम्म उनी खासै धेरै सुनिएको नाम थिएन् । तर उनले एउटा ठूलो सपना भने त्यही बेला बुनेकी थिइन्, कराँतेबाट ठूलो उपलब्धि आत्मसात् गर्ने । त्यसैले उनले बारम्बार भन्ने गरेकी थिइन्, केही ठूला प्राप्त गर्न सपना देख्नुपर्छ । यसका लागि मिहिनेत पनि गर्नुपर्छ । फल एक दिन त पाइन्छ नै । शुक्रबार आयोजित अवार्ड कार्यक्रममा उनले जसरी आफूलाई प्रस्तुत गरिन्, त्यो गज्जब थियो, आत्मविश्वासले पूरापूर भरिएको थियो । उनको थप भनाइ थियो, ‘रजत जित्नु त ठूलो उपलब्धि भयो नै । जति बेला मेरो अगाडि धेरै चुनौती थिए, त्यति बेला सहयोग गर्ने सबैलाई पनि धन्यवाद ।

Leave A Reply

Your email address will not be published.

toto slot xx1toto slot toto slot gacor Bandar Togel Bandar Togel slot toto toto slot toto slot slot dana xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto Bandar Slot Gacor Situs Toto Slot Situs Slot Toto xx1toto