धरहरा आगामी असोज ३ गतेदेखि सर्वसाधारणका लागि खुला
धरहरा खुला गर्ने
काठमाडौँ — भूकम्पपछि पुनर्निर्माण गरिएको धरहरा आगामी असोज ३ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ देखि अस्थायी रुपमा धरहरा खुला गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।