२८ आश्विन २०८१, सोमबार

तीन मन्त्री र एक राज्यमन्त्रीसहित शुक्रबार कांग्रेस सरकारमा सहभागी

करिब डेढ महिनापछि बल्ल कांग्रेस सरकारमा

3

विराटनगर — कोशी प्रदेश सरकारमा तीन मन्त्री र एक राज्यमन्त्रीसहित शुक्रबार कांग्रेस सरकारमा सहभागी हुने भएको छ ।माओवादीले सत्ता छाडेको करिब डेढ महिनापछि बल्ल कांग्रेस सरकारमा सामेल भएको हो ।कांग्रेसबाट कोशी प्रदेशका महामन्त्री समेत रहेका प्रदेश सांसद भुपेन्द्र राईको नेतृत्वमा सरकारमा सहभागी हुने जनाइएको छ ।राईले भौतिक पूर्वाधार मन्त्रालय, संस्थापन पक्षका खगेनसिंह हाङ्गाम उद्योग, कृषि तथा सहकारी र सुनसरीका सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री बन्ने निश्चित छ । कांग्रेसभित्र सिटौला समूहबाट झापाका भूमिप्रसाद राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बन्ने निश्चित भएको छ ।

Leave A Reply

Your email address will not be published.