२८ आश्विन २०८१, सोमबार

अब करेक्सन फेज समाप्त भयो

७८.३१ अंकले बढेर २ हजार ६८८.५३विन्दुमा पुगेको छ ।

5

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक २.९९ प्रतिशत अर्थात ७८.३१ अंकले बढेर २ हजार ६८८.५३विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.८९ प्रतिशतले बढेर ४७६.४८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१८ वटा स्क्रिप्टको १ करोड ९४ लाख ३३ हजार १५४ कित्ता सेयर ८ अर्ब १६ करोड ९२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।\

आजको वृद्धिसँगै बजार फेरि बुलिस चरणमा प्रवेश गरेको छ । पछिल्लोसमय २ बजेपछि घटिरहेको बजार आज भने भोल्युम सहित बढेको छ ।

Leave A Reply

Your email address will not be published.