धरानमा खानेपानीका लागी ४ करोड बिनियोजन
१ असार / कोशी प्रदेश सरकारले धरान उपमहानगरपालिकाको खानेपानीका लागि ४ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थ मन्त्रालय समेत सम्हालिरहेका हिक्मतकुमार कार्कीले अध्यादेश मार्फत ल्याएको बजेटमा धरान खानेपानी समेटिएको हो ।
खानेपानी, सिँचाइ तथा ऊर्जाका लागि ५ अर्ब ४३ करोड ८३ लाखमध्ये धरान उपमहानगरको खानेपानीको व्यवस्था गर्न ४ करोड बजेट विनियोजन भएको हो ।
कार्कीले विराटनगरस्थित आर्थिक मामिला मन्त्रालयको सभाहलमा बजेट वक्तव्य सार्वजनिक गरिरहेका छन् । यसअघि आजै बिहान प्रदेश प्रमुखले बजेटसँग सम्बन्धित दुईवटा अध्यादेश जारी गरेका थिए ।