२५ आश्विन २०८१, शुक्रबार

बलात्कार मुद्दामा पल शाहले पाए सफाई, भोली रिहा हुने

30

काठमाडौं । अदालतले सफाई दिएपछि अभिनेता पल शाह भोलि जेलबाट रिहा हुने भएका छन् । तनहुँ कारागारमा बन्दी जीवन बिताइरहेका पलले एक वर्षपछि आरोपबाट सफाइ पाएका हुन् ।

विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने भएकाले आज रिहा गर्न नभ्याइने स्रोतले बताएको छ । गत वर्षको फागुन महिनामै उनि पक्राउ परेका थिए । उनी आफैं तनहु प्रहरी कार्यालय गएर आत्मसमर्पण गरेका थिए ।

न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले उनलाई सफाइ दिएको हो । उनी भोलि जेलबाट निस्किएर काठमाडौं आउने बुझिएको छ ।

Leave A Reply

Your email address will not be published.