२८ आश्विन २०८१, सोमबार

बेलबारीमा वडाध्यक्षमाथि कार्यकक्ष भित्रै हातपात

124

बेलबारी ।मोरङको बेलबारी नगरपालिका वडा . का वडाअध्यक्ष धनपति गौतममाथि दिनदहाडै हातपात भएको

मंगलबार आफ्नो कार्यकक्षमा काम गरिरहेको अवस्थामा स्थानीय पंकज राजबंशीले अध्यक्ष गौतम माथि आक्रमण गरेका हुन् । सुरुमा राजबंशीले गौतम रहेको कक्षको ढोका धकेलेर उनी बसेको टेबलमा प्रहार गरेका थिए । गौतम माथि मुक्का प्रहार गर्न लागेपछि छेउमा बसिरहेका वडा सदस्य तिलकराम खवासले रोकेका थिए । खवास संगै अन्य वडावासी पनि उक्त घटनाको प्रत्यक्षदर्शी रहेको गौतमले बताएका छन्।

गौतम भन्छन् -“राजबंशीले यस अघि पनि मलाई पटक पटक आक्रोसित भएर फोन गरेका थिए । मंगलबार भने कार्यालय मै आएर हातपात गरेका हुन्।” आफ्नो ज्यानको असुरक्षा भएपछि गौतमले इलाक़ा प्रहरी कार्यलय बेलबारीमा राजबंशीमाथि सार्वजनिक मुद्दा हालेका छन्।

वाडमा झारिएको होमपाइपको बिषयलाई लिएर राजबंशी आक्रोशित बनेका थिए गत भदौ महिनामा नगरपालिकाबाट वडा . मा होमपाइप झारिएको थियो । तर होमपाइप वितरणमा राजबंशीले रोक लगाउदै आएका थिए । माघ सम्म पनि होमपाइप बितरण नभएपछि नगरपालिकाबाट होमपाइप चाडो बितरण गरि विवरण बुझाउन भनिएको थियो । जसपश्चात गौथली चोकमा दुई वटा झारियो, रणपाल विधालयमा झार्न बाकी थियो भने वटा होमपाइप वडामै रहेको गौतमले बताए । सोही बिषयलाई लिएर राजवंशी आक्रोशित बनेका थिए । घटना पछि हाल राजबंशी फरार रहेका छन् ।

Leave A Reply

Your email address will not be published.