४ फाल्गुन २०८१, आईतवार

के हो त फुयाँल दाजुभाइको भेन्चर ?

155

हेटौंडाका अर्जुन फुयाँल पेसाले आईटी इन्जिनियर हुन् । विश्वविख्यात अमेरिकी कम्पनी ‘फच्र्युन फाइभ हन्ड्रेड’ मा कार्यरत अर्जुन सन् २०१२ देखि आफ्नो कर्मभूमि अमेरिकामा छन् ।

एक दशक लामो अमेरिकी बसाइँका क्रममा आफ्नो जन्मभूमिका लागि केही गर्नुपर्छ भन्ने हुटहुटीले एक महिनाअघि अर्जुनले आफ्ना भाइ प्रज्ज्वल फुयाँलसँग मिलेर ‘सजिलो रेन्टल’ नामको नयाँ भेन्चर स्थापना गरेका छन् ।

नेपालमा सजिलो रेन्टलको एप सार्वजनिक भएको १ महिना भयो । साथीभाइसँगको सरसापटी र आफूले कमाएको पैसाबाट लगानी गरेर नेपालमा स्थापना गरेको नयाँ भेन्चरबाट मोबिलिटीको परम्परागत शैलीलाई चुनौती दिन अहिले फुयाँल दाजुभाइ कस्सिएका छन् ।

सजिलो रेन्टलका संस्थापक अर्जुनको मस्तिष्कमा यो भेन्चर स्थापना गर्ने आइडिया फुरेको लामै समय भयो । ५ वर्षअघि अर्जुन नेपाल आउँदा विमानस्थलमा ओर्लिएपछि एकदमै अलमलमा परे ।

सार्वजनिक सवारी साधनको समस्या त छँदै थियो, महँगो पैसा तिरेर गाडी भाडामा लिन्छु भन्दा पनि कहाँ, कसरी, कुन गाडी कस्तो चालकबाट लिने भन्ने कुनै भेउ उनले पाउन सकेनन् । ट्याक्सी स्ट्यान्डमा आइपुग्दा ब्याक र प्यासेन्जर लुछाचुँडी गर्ने चालकहरुको हर्कत देखेर उनी वाक्कै भए ।
अमेरिकाको व्यवस्थित यातायात शैलीसँग अभ्यस्त अर्जुनले यहाँ कहिल्यै पनि यातायातमा सहजता अनुभव गर्न सकेनन् ।

केही समयपछि उनी अमेरिका फर्किए । प्राविधिक पृष्ठभूमिका अर्जुन स्वभावैले सधैं मान्छेको जिन्दगीलाई प्रविधिबाट कसरी सजिलो बनाउन सकिन्छ भनेर घोत्लिरहेका हुन्छन् । नेपालको यातायातमा सकसपूर्ण अनुभवलाई पनि समाधान गर्नुपर्छ भन्ने उनलाई लाग्यो ।

नेपालमा सजिलो रेन्टलको एप सार्वजनिक भएको १ महिना भयो । साथीभाइसँगको सरसापटी र आफूले कमाएको पैसाबाट लगानी गरेर नेपालमा स्थापना गरेको नयाँ भेन्चरबाट मोबिलिटीको परम्परागत शैलीलाई चुनौती दिन अहिले फुयाँल दाजुभाइ कस्सिएका छन् ।

यो क्षेत्रमा क–कसले कसरी काम गरिरहेका छन् भनेर बुझ्दा उनले राइड सेयरिङ सोल्युसनबाहेक आफूले अनुभव गरेका ठाउँमा खासै कसैको ध्यान नगएको पाए ।

प्रविधिको माध्यमबाट ‘कार रेन्टल’ सेवालाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्नेमा उनी केन्द्रित थिए । यसका लागि युरोप तथा अमेरिकाको कार रेन्टल सर्भिस कुन मोडलमा चलिरहेको छ भन्ने कुराको समेत अध्ययन गर्न थाले । लामो समयको अध्ययन, अवलोकन तथा विमर्शपछि उनको मस्तिष्कमा ‘सजिलो रेन्टल’ को अवधारणा जन्मियो ।

एक महिनाअघि मात्र सजिलो रेन्टल नेपालमा सार्वजनिक भएको छ । एक वर्षदेखि परियोजना सुरु गरे पनि प्रविधि तथा अन्य पाटोलाई व्यवस्थित गर्दै लैजाने क्रममा अहिले आएर एप सार्वजनिक गरेको संस्थापक अर्जुन बताउँछन् ।

वास्तवमा सजिलो रेन्टल कार भाडामा लिने एउटा अनलाइन प्लेटफर्म हो । जहाँ कुनै पनि व्यक्तिले आफूलाई मन परेको गन्तव्यमा आफैंले रोजेर गाडी बुक गर्न सक्छन् भने गाडी भएको व्यक्ति वा संस्थाले पनि गाडी भाडामा लगाउन सिस्टममा आफ्नो गाडीलाई ‘अनबोर्ड’ गर्न सक्छन् ।

एप सार्वजनिक भएको एक महिनामै यसलाई एक सयभन्दा धेरैले डाउनलोड तथा इन्स्टल गरिसकेका छन् ।

‘नेपालमा कुनै व्यक्तिलाई आफ्नो परिवार तथा इस्टमित्रहरुसँग कतै घुम्न जान पर्यो र गाडी रिजर्भ गर्नुपर्र्यो भने अल्लमल्ल पर्छन् । कता जाने, कसलाई भन्ने दुविधा हुन्छ’, अर्जुन भन्छन्, ‘यस्तो अवस्थाका लागि हामीले सजिलो रेन्टल प्लेटफर्म विकास गरेका हौं । यसबाट कम्तीमा मान्छेहरुले ‘लगइन’ गरेर आफूलाई चाहिने उपयुक्त गाडी आफैंले भाडामा लिन सक्छन् ।’

हेर्दा पठाओ वा टुटलजस्तो लागे पनि सजिलो रेन्टलको सेवा र व्यवसायको मोडल एकदमै फरक रहेको उनी बताउँछन् । सजिलो रेन्टलमार्फत ४ घण्टाभन्दा कम समयका लागि गाडी बुक गर्न पाइन्न । ४ घण्टाभन्दा बढी, एक दिन वा महिनाभरि काठमाडौं उपत्यका वा नेपालभरि घुम्न जाँदा सजिलो रेन्टल एपबाट गाडी बुक गर्न सकिन्छ ।

यसरी लामो समयका लागि गाडी भाडामा लिँदा सुरक्षाका कुराहरु पनि अति नै महत्वपूर्ण हुन्छन् । यस्तो बेला आफूले बुक गरेको गाडीको चालक कत्तिको सुरक्षित छ, सवारी चलाउने क्षमता, लाइसेन्स, दुघर्टनाको इतिहास या कतै कुनै ठाउँमा लगेर बिचल्ली पो बनाउने हो कि ? यस्ता विविध प्रश्नहरु मनमा उठ्छन् । जुन स्वाभाविक पनि हो । यस्ता कुरामा सुनिश्चित नभइकन कुनै पनि व्यक्ति आफ्नो परिवारलाई लिएर ढुक्कसाथ बाहिर जान सक्दैन ।

यात्रुहरुको सुरक्षा सरोकारलाई पनि सजिलो रेन्टलले राम्रोसँग सम्बोधन गरेको छ । वास्तवमा कुनै पनि सवारी चालकले सजिलो रेन्टलमा आफ्नो सेवा वा गाडी ‘अनबोर्ड’ गर्नुअघि सजिलो रेन्टलका कर्मचारीहरुले चालकको सम्पूर्ण कागजात, ट्राफिक हिस्ट्री, लाइसेन्सलाई प्रमाणीकरण गरेर मात्र अनुमोदन गर्दछन् ।

साथै कुनै यात्रुले सजिलो रेन्टलबाट गाडी बुक गरेर यात्रा गरेपछि यात्राको अनुभव, सुविधा र सहजताका बारेमा आफ्नो धारणा लेखेर, चालकलाई रेटिङ दिने साथै अन्य यात्रुका लागि सिफारिससमेत गर्न सक्ने सुविधा छ ।

हेर्दा पठाओ वा टुटलजस्तो लागे पनि सजिलो रेन्टलको सेवा र व्यवसायको मोडल एकदमै फरक रहेको उनी बताउँछन् । सजिलो रेन्टलमार्फत ४ घण्टाभन्दा कम समयका लागि गाडी बुक गर्न पाइन्न । ४ घण्टाभन्दा बढी, एक दिन वा महिनाभरि काठमाडौं उपत्यका वा नेपालभरि घुम्न जाँदा सजिलो रेन्टल एपबाट गाडी बुक गर्न सकिन्छ ।

सजिलो रेन्टलमा भएको यो फिचरले यात्रुलाई पनि सेवा तथा यात्राप्रति विश्वस्त बनाउने र चालकलाई थप जिम्मेवार बनाउने अर्जुन बताउँछन् ।
‘हाम्रो प्राथमिकता भनेको यात्रुको सहजता र सुरक्षा हो । यसका लागि हामीले चालकको हकमा विभिन्न मापदण्डहरु तोकेका छौं । त्यो पूरा नगर्नेहरुलाई प्लेटफर्ममा ‘अनबोर्ड’ गर्दैनौं ।

हाम्रो प्लेटफर्ममा गाडी आउनुअघि चालकको लाइसेन्स, गाडीको बिमालगायतका सम्पूर्ण कागजातहरु चालकले अपलोड गर्नुपर्छ । ती सम्पूर्ण कुराहरु हाम्रा कर्मचारीहरुले भेरिफाई गर्छन् । हाम्रो क्राइटेरिया पूरा गरेको गाडी मात्र सेवाका लागि देखापर्छ’ उनी भन्छन् ।

Leave A Reply

Your email address will not be published.

toto slot xx1toto slot toto slot gacor Bandar Togel Bandar Togel slot toto toto slot toto slot slot dana xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto Bandar Slot Gacor Situs Toto Slot Situs Slot Toto xx1toto