बेलबारी जेसिजको ७ औं वार्षिक साधारण सम्पन्न , अध्यक्षमा ऐश्वर्य प्रसाद आचार्य निर्वाचित
शनिबार बेलबारी जेसिजको ७ औं वार्षिक साधारण सभा र छैठौ शाखा अधिवेशन सम्पन्न भएको छ । मोरङ क्षेत्र नं. ३ ख का नव–निर्वाचित प्रदेश सांसद ज्ञानेन्द्र सुवेदीको प्रमुख आतिथ्यतामा गमलामा पानी हालेर कार्यक्रमको समुदघाटन गरिएको हो ।
बेलबारी नगरपालिकाको सभाहलमा सम्पन्न उक्त अधिवेशनले ऐश्वर्य प्रसाद आचार्य ( बिपिन )को अध्यक्षतामा नयाँ कार्यसमिति चयनगरेको हो ।
जसको कार्यकारिणी उपाध्यक्षमा सन्तोष भट्टराई र विराज न्यौपाने सर्वसम्मत निर्वाचित भएका छन।
यस्तै उपाध्यक्षमा विकी मगर , निकिता नेपाल , बिकास बुढाथोकी , ओमनाथ गौतम र सचिवमा विप्लव पोख्रेल सर्वसम्मत निर्वाचितभएका छन l