१७ मंसिर २०८१, सोमबार

यी हुन कांग्रेसका सफल सभापति : गणेश खड्का

571

मोरङ। भरखरै निर्वाचनको महासंग्राम सकिएको  । केही सिटका साथ नेपाली कांग्रेस सबैभन्दा धेरै सिट जित्ने पार्टी बनेको  ।यस्तै प्रतिनिधि सभा प्रत्यक्षतर्फ मोरङ क्षेत्र . नेपाली कांग्रेसमा देशभरबाट सबैभन्दा बढि मतका साथ विजयी हुने क्षेत्र बनेको  । मोरङ क्षेत्र . बाट डा.सुनिल कुमार शर्माले निर्वाचनमा ४८,६१३ मत प्राप्त गर्दै निर्वाचित भएका हुन । जुन मत देशभरिका नेपाली कांग्रेसका उम्मेदवारहरुमा बढि मत हो


हरेक निर्वाचनमा उम्मेदवारको मात्र चर्चा हुने गर्दछ । नेपाली कांग्रेसमा पर्दा पछाडि रहेर उम्मेदवार निर्वाचित गराउनमा क्षेत्रीय सभापतिकोमहत्वपुर्ण एवं निर्णायक भुमिका रहन्छ ।देशैभरिबाट बढि मत ल्याएर मोरङ का नेपाली कांग्रेस सभापति गणेश खड्का सफल सभापति बनेका छन । गत निर्वाचनमा झिनो मतले पराजित भएपछि क्षेत्रभरिका हरेक जनताको दैलोमा पुगेको खड्काले बताए । नेकपा एमालेले ३० बर्ष एक क्षत्र राज गरेको क्षेत्रमा विजयी प्राप्त गर्न सहज नरहेको खड्काले बताए । बिगत बर्षदेखी अनवरत जनगुनासो संबोधन र समाधान गर्दै  नेपाली कांग्रेसलाई जनताको मन अनि मस्तिकमा बसाउन सफल रहेको खड्काले बताए ।

नेबि संघबाट राजनीति सुरु गरेका गणेश खड्का तरुण दलको केन्द्रीय सदस्य हुदै तत्कालीन मोरङ क्षेत्र . नेपाली कांग्रेस प्रजातान्त्रिकको क्षेत्रीय सचिवको यात्रा तय गर्दै सभापतिमा निर्वाचित हुन सफल भए

नेपाली कांग्रेसमा नविन ऊर्जाका साथ राजनीतिमा अग्रसर खड्का १३ १४ महाधिवेशनमा पनि मोरङ क्षेत्र . बाट पुन सभापतिमा निर्वाचित हुन सफल रहे । क्षेत्रीय सभापतिमा ह्याट्रिक गरेका खड्का पथरी शनिश्चरे नगरपालिकाबाट २०७४ मा मेयरका उम्मेदवार समेत हुन ।

आम जनता नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताका मन मत जितिसकेका खड्का भन्छन राजनीतिमा सामाजिक कामलाई निरन्तरता दिदै जनताप्रति उत्तरदायी हुन जरुरी  ।राजनीतिलाई निस्वार्थ रुपमा निरन्तरता दिदै जनताको सुख : दुखमा साथ दिए हरेक निर्वाचनमा जनताको मन मत दुबै जितिन्छ ।

हालै सम्पन्न निर्वाचनमा मोरङ क्षेत्र . संयुक्त लोकतांत्रिक बाम गठबन्धन निर्वाचन परिचालन समितिका संयोजकमा नेपाली कांग्रेसबाट गणेश खड्का रहेका थिए भने सहसंयोजकमा माओवादीबाट खेमराज  भट्टराई एकिकृत समाजवादीबाट चण्डी प्रसादराई रहेका थिए

Leave A Reply

Your email address will not be published.