बेलबारीमा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान कार्यक्रम सम्पन्न
आइतबार महिला अधिकार मंच , महिला प्रतिभा संघ र नारी विकास संघको संयुक्त आयोजनामा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान कार्यक्रम सम्पन्न गरिएको छ ।
बेलबारी –१ स्थित ट्राफिक प्रहरी पोस्ट अगाडि भएको उक्त कार्यक्रमको अध्यक्षता महिला अधिकार मंचकी केन्द्रीय सदस्य सितासुवेदीले गरेकी थिइन ।कार्यक्रममाँ बोल्दै सुवेदीले यो अभियानमा ३ सय ६५ दिन नै अनवरत काम गरिरहेको बताइन ।
कार्यक्रमको प्रमुख अतिथि रहेकी जिल्ला समन्यव समिति उप–प्रमुख उषा झाले लैंगिक हिंसाको अन्त्य गर्न आफै बाट सुरूवात गर्नअवश्यक रहेको बताइन । हरेक अवस्थमा जिल्ला समन्यव समिति सहयोगका लागी तयार रहेको झाले बताइन ।
कार्यक्रममा लैंगिक हिंसाबाट पिडित भएका महिलहरूलाई सम्मान समेत गरिएको थियो । सम्मानित हुनेमा बेलबारी –९ की संगिता चौधरी,फुलमती खवास बेलबारी–१ की उषा राई ,बेलबारी–३ की बिशौनी धिमाल , बेलबारी–४ की अकली चौधरी रहेक़ा थिए ।
विभिन्न संघ–संस्थाका प्रतिनिधिको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रम लैंगिक हिंसाको अन्त्य हुन जरुरी रहेको उद्देश्यका साथनाटक प्रस्तुत गरिएको थियो । कार्यक्रमको संचालन भने नारी विकास संघकी रिता कोईरालाले गरेकी थिइन ।