२८ आश्विन २०८१, सोमबार

लेटाङमा चासोक तङनाम भव्यताका साथ सुरु

143

 


२१ मंसिर / बुधबार
 लिम्बु समुदायको महान पर्व चासोक तङनाम अर्थातन्वागी पूजालेटाङमा भव्यताका साथ सुरु गरिएको  ।

लेटाङ नगर याक्थुङ चुम्लुङले आयोजना गरेको उक्त कार्यक्रम दुई दिन विभिन्न सांस्कृतिक झाँकी सहित मनाइने आयोजकले बताएको  ।

कार्यक्रममा बोल्दै लेटाङ चुम्लुङका उपाध्यक्ष भवानी माखिमले लिम्बु समुदायको भाषा,धर्म,संस्कृति संरक्षण प्रबर्धनमा विशेष जोडदिनुपर्ने बताए । एकता नै सबैभन्दा ठुलो शक्ति भएकाले सम्पूर्णलाई एकिकृत भएर अघि बड्न माखिमले आग्रह गरेका छन ।

लेटाङ चुम्लुङका अध्यक्ष ललित बहादुर लिम्बुले कार्यक्रममा बोल्दै बन्दै गरेको उक्त प्रतिष्ठान लिम्बु समुदायको मात्र नभएर सम्पूर्णसमुदायलाई सेवा पुर्याउने उदेश्यले निर्माण गरिएको बताए ।

दुई दिन सम्म मनाईने उक्त कार्यक्रममा मगर समुदायको हुर्रा नाच , किरात राई समुदायको साकेला नाच , लिम्बु समुदायएको ढोल नाचप्रस्तुत गरिएको थियो । कार्यक्रममा लिम्वु जातिको मौलिक खानाका परिकारहरुको प्रदर्शनी समेत गरिएको थियो । विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रम चुम्लुङका सचिब शेरसिंह लिम्बुले संचालन गरेका थिए ।

Leave A Reply

Your email address will not be published.