४ फाल्गुन २०८१, आईतवार

सुनसरी १ मा रोमाञ्चक भिडन्त, अशोक राईले लिए अग्रता

80

धरान । सुनसरी क्षेत्र नं १ मा जनता समाजवादी पार्टीका उम्मेदवार अशोक राईले प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा तामाङसँग मतान्तर बढाएका छन् । सुरुवात बाटनै अग्रता लिएको तामाङ्लाई पछि पार्दै राईले अग्रता लिएका हुन् ।

निर्वाचन आयोगको पछिल्लो जानकारी अनुसार राईले १४ हजार १०५ मत पाएका छन् । तामाङले १३ हजार ९८७ मत ल्याएकी छन् ।

यसअघि ४ मतले अग्रता लिएका राईले हाल ११८ मतले अग्रता लिएका हुन् ।

यस क्षेत्रमा कूल ७८ हजार ९४३ मत खसेको निर्वाचन आयोगले जनाएको छ । यो समाचार तयार पार्दा ६७ हजार १२३ मत गणना भइसकेको छ ।

यो परिणामसँगै अब राईको जित सुनिश्चित भएको टिप्पणी गर्न थालिएको छ ।

मत गणना बाँकी रहेको बराहक्षेत्र वडा नं ४ र ५ र रामधुनी नगरपालिका वडा नं ६ र ७ एमाले–जसपाको पकड क्षेत्र मानिन्छ । सो क्षेत्रमा तामाङको भन्दा राईकै पक्षमा बढी मत खसेको अनुमान छ ।

मत गणनाको पछिल्लो परिणामले पनि सुनसरी निर्वाचन क्षेत्र १ को दक्षिण बेल्टमा राईलाई राम्रो मत आइरहेको छ ।

यता नेकपा माओवादी केन्द्र मुक्सामहाङ सुब्बाले १० हजार ९९० मत पाएका छन् ।

एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवार बनेका मनाेजकुमार मेयाङ्बोले ६ हजार २२९ मत ल्याएका छन् ।

Leave A Reply

Your email address will not be published.

toto slot xx1toto slot toto slot gacor Bandar Togel Bandar Togel slot toto toto slot toto slot slot dana xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto Bandar Slot Gacor Situs Toto Slot Situs Slot Toto xx1toto