निर्वाचित भएको २४ घण्टामै शर्माले पुरा गरे पहिलो प्रतिबद्धता
११ मंसिर / माननीय डा.सुनिल कुमार शर्माले आफु निर्वाचित भए पश्चात मोरङ क्षेत्र न.३ का बिरामीहरुका लागि ५० सैयाको निशुल्क क्याविन सेवा संचालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
जनतामाझ गरेको उक्त वाचालाई उनले आफु निर्वाचित भएको भोलिपल्टै पुरा गरेका छन । आइतबार नोबेल अस्पतालमा ५० सैयाको निशुल्क क्याविन सेवा उदघाटन गरिएको छ ।
मोरङ -३ प्रतिनिधि सभा निर्वाचनमा गठबन्धन तर्फका नेपाली कांग्रेसका उम्मेदवार डा.सुनिल कुमार शर्माले २२ हजार ७ सय ३६ मतान्तरले नेकपा एमालेका भानुभक्त ढकाललाई पराजीत गरेका थिए ।उनी निर्वाचित भएको २४ घण्टा मात्र भएको छ ।