१२ हजार २ सय ८४ सय मतान्तरका साथ डा.शेखर कोईराला विजयी
९, मंसिर/ मोरङ क्षेत्र नम्बर ६ प्रतिनिधि सभा गठबन्धनतर्फ नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइराला निर्वाचित भएका छन्।
कोइरालाले नेकपा एमाले उम्मेदवार लालबाबु पण्डितलाई १२ हजार २ सय ८४ सय मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार कोइरालाले ३५ हजार २ सय १३ मत प्राप्त गरेक छन्। त्यसैगरी, एमालेका उम्मेदवार पण्डितले २२ हजार ९ सय २९ मत पाएका छन्।
मतगणनामा डा. कोइरालाले सुरुवात देखिनै अग्रता कायम राखेका थिए।
पहिलो संविधानसभाको उपनिर्वाचन र दोस्रो संविधानसभामा विजयी कोइराला ०७४ को प्रतिनिधिसभा सदस्यमा एमालेका पण्डितसँग पराजित भएका थिए।