चितवन २ मा रवि लामिछानेको जित सुनिश्चित
गणना हुन बाँकी मतभन्दा धेरै मतका साथ अगाडी
मंसिर ८ / चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको जित सुनिश्चित भएको छ ।
पछिल्लो मत परिणामसम्म लामिछानेले २९ हजार २१६ मत पाइसकेका छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उमेश श्रेष्ठले १३हजार ५०३ र एमालेका कृष्णभक्त पोखरेलले १२ हजार ७७९ मत ल्याएका छन् ।
अब गणना हुन बाँकी मतभन्दा रविले लिएको अग्रता धेरै भइसकेको छ ।
केही महिनाअघि मात्र बनेको रास्वपाले ५ ठाउँमा जितिसकेको छ भने ४ स्थानमा अग्रता लिइरहेको छ ।