२८ आश्विन २०८१, सोमबार

नेपाली कांग्रेस म्याग्दीको २३ वर्ष पछि संसदमा इंट्री

39

 

८ मंसिर / नेपाली कांग्रेस म्याग्दीले २३ वर्ष पछि पहिलो पटक जिल्लामा प्रतिनिधि सभा सदस्यको निर्वाचन जितेको छ । निर्वाचन जितेसँगै दुई दशक पछि देशमा नीति निर्माण र सुशासन कायम गराउने थलो संसदमा म्याग्दी कांग्रेसको पनि प्रतिनिधित्व हुने भएको छ ।
२०५६ साल पछि पहिलो पटक म्याग्दी कांग्रेसका सभापति समेत रहेका खमबहादुर गर्वुजा (खमवीर)ले तेस्रो प्रयासमा प्रतिनिधि सभा निर्वाचनमा विजय प्राप्त गरेका हुन् ।२०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा उनी पराजीत भएका थिए ।

गर्बुजाले २४ हजार २१ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले २० हजार १ सय ८९  मत प्राप्त गरे । नेकपा एमालेका श्रेष्ठभन्दा   हजार सय ३२ मतका साथ गर्वुजा निर्वाचित भएका हुन्

जिल्लाभरी  ८६ हजार १२० मतदाता रहेकोमा  ५० हजार ६२५ मत खसेको थियो

Leave A Reply

Your email address will not be published.