२५ आश्विन २०८१, शुक्रबार

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई भोजपुरबाट पुन: निर्वाचित

33

मंसिर ८। भोजपुरबाट प्रदेशसभा ‘क’ मा सत्ता गठबन्धनका उमेदवार राजेन्द्र कुमार राई निर्वाचित भएका छन् ।नेकपा एकीकृत समाजवादीका तर्फबाट उमेदवार बनेका राईले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका हरिबहादुर राईलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

निर्वाचन क्षेत्र नं.१ मा जम्मा खसेको ३२ हजार ४ सय ९ मतमध्ये राजेन्द्र कुमार राईले १६ हजार १ सय १० मत प्राप्त गरेका छन् भने नेकपा एमालेका हरि बहादुर राईले १२ हजार २ सय २३ मत प्राप्त गरेका छन् ।

प्रतिस्पर्धी राईले भन्दा राजेन्द्र कुमार राईले ३ हजार ८ सय ८७ मतान्तरले निर्वाचित भए ।

उनले गठबन्धनबाट सरकार हुँदा मुख्यमन्त्री बन्ने गरी उमेदवारी दिएका थिए । उनी नेकपा एमालेको फुटपछि गठबन्धनको तर्फबाट प्रदेश नं.१ को मुख्यमन्त्री भएका थिए ।

Leave A Reply

Your email address will not be published.