मोरङ-३ मा डा.सुनिल शर्माको दोब्बर मतको अग्रता
६ मंसिर / मोरङ क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका डा.सुनिल शर्माले प्रतिनिधिसभा सदस्यमा दोब्बर मतान्तरले अग्रता लिएका छन।
पछिल्लो मत परिणाम अनुसार शर्माले ८,४७६ मत गणना हुदा ४,०९७ मत प्राप्त गरेका छन भने नेकपा एमालेका भानुभक्त ढकालले२,०९६ मत प्राप्त गरेका छन ।
मोरङ क्षेत्र नम्बर ३ मा चर्चा बटुलेकी राप्रपा उम्मेदवार रेखा थापाले भने १,२८७ मत प्राप्त गरेकी छन ।
मोरङ ३ मा मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा ६५.८ प्रतिशत मत खसेको छ ।