काठमाडौं-१ बाट पुनः प्रकाशमान सिंह विजयी
झिनो मतले रवीन्द्र मिश्र पराजीत
६ मंसिर ।नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । झिनो मतान्तरले चुनाव जित्दै यो क्षेत्रबाट उनी चौथोपटक सांसद बनेका छन् । सिंहले १२८ मतान्तरले जितेका हुन् ।
अन्तिम मत परिणाम अनुसार सिंहले ७१३९ मत ल्याएका छन् ।
त्यस्तै राप्रपाका रवीन्द्र मिश्रले ७०११ मत ल्याएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम २८०३, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का किरण पौडेल २६९३ र नेपाल सुशासन पार्टीका रमेशप्रसादखरेल २१३० मत पाएका छन् ।