२ माघ २०८१, बुधबार

बाबुलाई हराएका तुलाचन सँग बदला लिँदै २९ वर्षीय योगेश गौचन बिजयी

59
  • मंसिर ५।मुस्ताङबाट नेपाली कांग्रेसका उम्मेद्वार योगेश गौचन थकाली विजयी भएका छन्। ७ हजार २३० मत खसेको मुस्ताङमा गौचन ९१४ मतान्तरले विजयी भएका हुन्।
    उनले नेकपा एमालेका उम्मेदवार निवर्तमान सांसद प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका हुन्। गौचनले ३ हजार ९९२ मत पाउँदा उनका प्रतिद्वन्द्वी तुलाचनले ३०७८ मत पाएका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङ्गले ४१ मत प्राप्त गरेका छन्।
    को हुन् गौचन ?
    मुस्ताङको थासाङ गाउँपालिका–३ मा २०५० वैशाख २७ गते सालमा जन्मिएका गौचनले स्नातक सम्मको अध्ययन पूरा गरेका छन्। उनले ललितपुरको लिटिल एन्जल्स स्कुलबाट कक्षा १२ र एलाइन्स युनिभर्सिटी बैंगलोरबाट बिजनेश म्यानेजमेन्टमा स्नातक गरेका छन्।
    उनी पर्यटन व्यवसायीसमेत हुन्। उनले होटल कालोपानी, लेते मुस्ताङ र पोखरामा त्रिथुङ्गा ट्राभल्स एण्ड टुर्स प्रालि एमडी, मुस्ताङमा किवी खेतीलगायत अर्गानक कृषि फार्म सञ्चालन गर्दै आइरहेका छन्।
    योगेश पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा हुन्। उनका बाबु गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार हुँदा परराष्ट्र सहायकमन्त्री र २०७० को चुनावपछि वाणिज्यमन्त्री भए भएका थिए। २०७४ सालको निर्वाचनमा एमालेका प्रेमप्रसाद तुलाचनसँग पराजित भएका रोमी गौचनले यसपटक छोरालाई उम्मेदवार बन्ने बाटो खुला गरिदिएका थिए।
    अघिल्लो निर्वाचनमा आफ्ना बाबुलाई पारजित गर्ने प्रेमलाई योगेशले यसपटक बदला लिएका छन्। प्रेमले ३३१७ मत पाउँदा रोमीले २८३२ मत पाएका थिए। उनी कांग्रेसको साविक लेते गाउँ सभापति, जिल्ला सदस्य हाल कांग्रेस गण्डकी प्रदेश सदस्य, महाधिवेशन प्रतिनिधिसमेत हुन्।
Leave A Reply

Your email address will not be published.