२० आश्विन २०८१, आईतवार

मोरङ -३ मा त्रिपक्षीय भिडन्त, कसले मार्ला बाजी

67


यतिबेला
देशैभरि मोरङ क्षेत्र नम्बर को निर्वाचन चर्चाको विषय बनेको नेकपा एमाले नेपाली काँग्रेसकाचर्चित उम्मेदवारहरूको मुख्य प्रतिस्पर्धालाई हेरिएको यस क्षेत्रमा रेखा थापाको माहोल तातिएको देखिन्छ

विगतका निर्वाचनको परिणामलाई हेर्ने हो भने यो क्षेत्र कम्युनिष्टकोलाल किल्लाहो भन्दा फरक पर्दैन तर गत संसदीय निर्वाचनमा नेपाली काङ्ग्रेसका सुनिल कुमार शर्माले पनि आफ्नो बलियो पकड देखाएका थिए

उक्त निर्वाचनमा बाम गठबन्धनमाबाट निर्वाचनमा होमिएका एमालेका भानुभक्त ढकालले ४२ हजार सय १३ मत ल्याउँदा शर्माले ४०हजार सय मत ल्याएका थिए उनी ढकालसँग हजार सय मतान्तरले मात्रै पराजित भएका थिए गत स्थानीय तहको निर्वाचनलाई हेरेर यो पटक अनुमान लगाउन सकिने अवस्था छैन चलचित्र क्षेत्रमा सफलता हात पारेकी थापाको उपस्थितिले आगामी निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने पक्का

यतिबेला संगठनको आडमा निर्वाचनको नतिजा हात पार्ने दाउमा एमालेका ढकाल देखिन्छन् भने शर्मा गठबन्धनको साथ भएकाले ६०हजार मत ल्याएर जित्ने दाबी गरिरहेका छन् यता थापा पनि मोरङ ले परिवर्तन रोजेकाले आम मतदाताले साथ दिने दाबी गरिरहेकी छन् यति हुँदाहुँदै पटक पटक मन्त्री भएर विवादित बनेका ढकाल प्रति कार्यकर्ता सन्तुष्ट छैनन उता आफनै पार्टीका नेताहरुको अन्तरघातका कारण शर्मालाई पनि जित हासिल गर्न सहज देखिँदैन कार्यकर्ता नै नभएको क्षेत्रमा थापालाई पनि चुनाव जितिहाल्न सहज भने छैन

Leave A Reply

Your email address will not be published.