२० आश्विन २०८१, आईतवार

मोरङ – ६ का मतदाता भन्छन : हाम्रो पहिलो सर्त विकास

37


२६ कात्तिक : भावी प्रधानमन्त्रीका रुपमा हेरिएका मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभाका उम्मेदवार डा. शेखर कोइरालासँग स्थानीय मतदाताले विकास निर्माण गरिदिन आग्रह गरेका छन् । चुनाव प्रचारका क्रममा स्थानीयले जसरी पनि कोइरालालाई विजयी बनाउने तर जितेर गएपछि आफ्नो ठाउँको विकास पहिलो सर्त भएको प्रतिक्रिया दिएका छन् । मोरङको सुन्दरहरैचा २ का स्थानीय बासीले मोरङ क्षेत्र न. ६ का प्रतिनिधि सभाका उमेदवार डा. कोइरालालाई जिताउन कुनै कसर बाँकी नराख्ने बताएका छन् । उनीहरुले डा. शेखरलाई जिताउने जिम्मा आफुहरुको भएको तर जितेपछि विकास दिनुपर्ने माग अघि सारेका छन् । सुन्दर हरैचा ५ का नविन लम्साल भन्छन , डा. शेखरलाई जिताउने जिम्मा हाम्रो भो , हामिलाई बिकास देउ ,।
विगतमा निर्वाचित भएर गएका जनप्रतिनिधिले आश्वासन मात्रै दिएको उनीहरुको भनाइ छ । जितेर गएपछि एकपटक पनि फर्किएर नआएको स्थानीयको गुनासो छ । कोइरालासँग स्थानीयले जिताउने जिम्मा लिदै सडक निर्माण, शुद्ध खानेपानी, तटबन्धन, शिक्षा, स्वास्थ्य उपचार लगायतका माग पूरा गरिदिन आग्रह गरेका छन् । बुढी गंगाका पार पौड्याल भन्छन,हामि जिताउन लागि परेका छौ , जितेपछी विकास चाँहि दिनुपर्छ ,।स्थानीयको माग सुनिसकेपछि डा. कोइरालाले क्षेत्रका जनताको बिकासमा कुनै पनि कसर बाँकी नराख्ने बताउनुभयो । उहाँले क्षेत्रका जनताको विकास र सम्वृद्धिमा कुनै कसर बाँकी नराख्ने विचार व्यक्त गर्नुभयो ।डा. कोइरालाले चुनावी प्रचारलाई तीव्रता दिनुभएको छ । मोरङ क्षेत्र नम्बर ६ अन्तर्गत पर्ने सबै वडा र टोलमा पुगेर कोइरालाले मत मागिरहनु भएको छ ।

Leave A Reply

Your email address will not be published.