४ फाल्गुन २०८१, आईतवार

जनता झुक्याउन भानुभक्त ढकालले अस्पताल शिलान्यास गरेको खुलासा

अस्पताल शिलान्यास गरेको ठाउँमा अहिले तोरी छरिएको छ

72


नेपालको
राजनीतिक इतिहासमा सबैभन्दा शक्तिशाली ओली सरकारको तीन/तीन पटक मन्त्री बनेका भानुभक्त ढकालले आर्थिक लाभका लागि मात्र मोरङको सुन्दरहरैचा११ कर्जुनामा प्रदेश नं. स्तरीय प्रादेशिक सरुवा रोग अस्पताल निर्माण गर्न शिलान्यास गरेकोरहस्य खुलेको छ।

ढकालले आफू स्वास्थ्य मन्त्री हुँदा धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति लगायतका पदाधिकारी २५ करोडमा बिक्री गरेको सार्वजनिक भएको थियो। पैसा लिँदै उपकुलपति, रेक्टर, रजिष्टार, अस्पताल प्रशासक, डिन विभागीय प्रमुखबिक्री गरेका ढकालले प्रतिष्ठानका उपकुलपति डाक्टर ज्ञानेन्द्र गिरीको सेटिङमा अस्पताल शिलान्यास गरेका थिए।

प्रतिष्ठानको नाममा रहेको १४ विघामध्ये बिघा जग्गा अस्पताल निर्माणका लागि दिने भनेर गिरीले मन्त्री ढकाल प्रदेशको सामाजिक विकास मन्त्रालयलाई आश्वासन दिएका थिए। तर, एउटा सरकारी निकायको जमिन अर्को सरकारी निकायले प्राप्त गर्ने प्रक्रिया नै झन्झटिलो थियो। त्यो कुरा बुझ्दा बुझ्दै पनि मन्त्रीले ठुलो तामझामका साथ अस्पताल निर्माणको शिलान्यास गरे। जग्गा प्राप्तिको काम नैनगरी लाखौंको डिपीआर तयार गरी माटो रकम ढकाल गिरीले भागशान्ति गरेको स्थानीयको आरोप छ।

शक्तिशाली मन्त्रीमण्डलको मन्त्री भएका बेला पनि जनताको काम नगर्ने मन्त्री ढकाल अहिले सो क्षेत्रमा मत माग्न प्रदेश उम्मेदवार ज्ञानेन्द्र सुबेदीलाई पठाइरहेका छन्। स्थानीय एक महिलाले भनिन, ‘उहाँ भोट माग्न आउनुभएको छैन्। गाउँभरि बीपी प्रतिष्ठानका पदाधिकारी नियुक्ति गर्दा करोडौं रुपियाँ लिएको हल्ला छ। गाउँमा उहाँलाई सबैले भ्रष्टाचारी भन्छन्।

संकृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भएको बेला उनले अस्पताल  शिलान्यास गरेको ठाउँमा अहिले तोरी छरिएको छ।

बीपी प्रतिष्ठानका सुरक्षा गार्ड कृष्णप्रसाद न्यौपानेलाई २०७७ माघ १९ गते फल्न लागेको तोरी काट्न लगाएर सो स्थानमा अस्पतालको शिलान्यास गरिएको थियो। टेकु अस्पतालका सय वेडले मात्र नधान्ने भन्दै सातै प्रदेशमा ल्याव सहितको सरुवा रोग अस्पताल निर्माण गर्ने योजना सुन्दा स्थानीय बासिन्दा खुसीले गदगद भएका थिए। तर, न्यौपानेले बाली अन्न फलाएर खाइसक्दा पनि ढकालले शिलान्यास गरेको ठाउँमा ठेकदार पुग्छन्। वीपी प्रतिष्ठानका कर्मचारी नै पुग्छन्।

अस्पताल शिलान्यास भएपछि वर्षौंदेखि बिक्री नभएको शिलान्यास भएको छेउछाउको जग्गा प्लटिङवालाहरूले धमाधम बिक्री गरे।जसले अस्पताल बन्ने सम्भावना देखेर घडेरी किनेका थिए। उनीहरू अहिले पछुताई रहेका छन्। अस्पताल पस्ने सडक किनारको कर्जुनापैनी छेउमा वर्षौंदेखि सुकुम्बासी बनेर बसिरहेका परिवार पनि खुसी थिए। उनीहरूलाई उसबेला ढकाल वीपी प्रतिष्ठानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले नयाँ ठाउँमा नयाँ घर बनाएर राखिदिने आश्वासन दिएका थिए। तर, उनीहरू नयाँ घरमा बस्ने सपना पनि पानीकोफोका झैं फुटेको छ। सडक किनारमा घर बनाएर बस्दै आएका शुक्र झाँगडले भने,‘अस्पताल पनि बनेन। अन्यत्र घर पनि दिएनन्।हामीलाई ढकालले ढाँटेछन्।

अस्पताल निर्माणका लागि आर्थिक वर्ष २०७६/०७७ मा करोड रुपियाँ विनियोजन भएको बताएका मन्त्री ढकालले २५ करोडमा बन्ने अस्पताल आफू मन्त्री रहे पनि नरहे पनि निर्माण हुनेमा ढुक्क रहन आश्वासन दिएका थिए। तर, उनै ढकाल अहिले मङ्सिर  मा हुने निर्वाचनमा एमालेबाट उम्मेदवार छन्। कांग्रेस उम्मेदवार सुनील शर्मालाई मेडिकल माफियाको आरोप लगाएर मत बटुलिरहेका ढकालसँग प्रादेशिक सरुवा अस्पताल किन बनेन ? जवाफ छैन्।

यता कांग्रेस उम्मेदवार डाक्टर शर्मा भने चुनाव हारे पनि निरन्तर नागरिक सेवामा छन्। वर्षमा उनले लाख ३४ हजार बिरामीकोनि:शुल्क उपचार गराएका छन्। गाउँ गाउँमा एम्बुलेन्स सेवा पुर्‍याएका छन् भने, विपन्न सिमान्तकृत परिवारका छोराछोरीलाई चिकित्साशिक्षाको पहुँचमा पुर्‍याएका छन्। निजी खर्चमा समाज सेवा गरिरहेका शर्मा ढकाल अहिले फेरि आम्ने/सामने भएका छन्। ढकालजनताको प्रश्नसँग भागिरहेका छन् भने शर्मा जनताको मन मतसँग जोडिरहेका छन्।

Leave A Reply

Your email address will not be published.

toto slot xx1toto slot toto slot gacor Bandar Togel Bandar Togel slot toto toto slot toto slot slot dana xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto Bandar Slot Gacor Situs Toto Slot Situs Slot Toto xx1toto