रहेनन प्रदेश -१ वनमन्त्री शेखरचन्द्र थापा
२३ कार्तिक । डेंगु संक्रमणको उपचार गराइ रहेका मोरङ क्षेत्र न. ३ (क) उम्मेदवार तथा प्रदेश १ वनमन्त्री शेखरचन्द्र थापाको निधन भएको छ ।
मनोनयनकै दिनदेखि बिरामी रहेका उनी नोबेल मेडिकल कलेजमा उपचारत थिए ।
उनको बुधबार विहान १०:३० बजे निधन भएको नोबेलका प्रसाशन प्रमुख नारायण दाहालले जानकारी दिएका छन ।
मंगलबार राती १०:३० बजे अचानक समस्या भएपछि आइसियुमा राखिएको थियो ।
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पुर्व सभापति स्वर्गीय गिरिजाप्रसाद कोईरालाको स्वकीय सचीवका रूपमा उनले लामो समय कामगरेका थिए ।विभिन्न आन्दोलन र सरकार संचालनमा थापाले महत्त्वपूर्ण योगदान पुर्याएका थिए ।