अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाईयो
बिराटनगरमा छठ पर्वको रौनक
छठ पर्व सूर्यदेवको अनुष्ठान हो, हरेक मानवले जन्म देखि मृत्यूपर्यन्त देख्ने विशालकाय शक्ति अनि उर्जाकेन्द्र सूर्य संगको मानवको सहअस्तित्व छठसंग सांस्कृतिक पृष्ठभूमि जोडिएको छ ।
“सँझिया घाट“अर्थात् साँझमा व्रतालूहरु खोला, नदी, तलाउ अथवा जलासयमा आधा पानीमा डुबेर अस्ताउन लागेको सूर्यलाई दूधको अर्घ्य दिने गर्दछन् । अनि चौँथो दिनको विहान एवं रितले सूर्य उदाउनु अघि नै छठ घाटमा उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएर व्रतको समापन गर्ने चलन छ ।