१७ मंसिर २०८१, सोमबार

आज काग तिहार मनाइँदै

66


आइतबार ,२ कार्तिक । आज तिहारको दोश्रो दिन काग तिहार मनाइँदैछ ।यो वर्ष यमपञ्चक शनिबारदेखि नै सुरु भए पनि काग तिहार भने आज आइतबार परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

कागलाई यमराजको दूतका रूपमा मीठा खानेकुरा दिएर काग तिहार मनाउने गरिन्छ।यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ।

कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई पूजा आराधना सहित मीठा–मीठा खान दिई खुसी पार्ने गरिएको हो।

काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आउने जनविश्वास रहेको छ ।

कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराज समक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने प्रचलन रहि आएको छ।

Leave A Reply

Your email address will not be published.