परिवर्तनको प्रकाश छर्ने आचार्यको चाहना
आजभोली स्वतन्त्र उम्मेदवार प्रति जनचासो अनि विश्वास बढन थालेको छ । युवा पुस्ता परिवर्तनको दाबीका साथ राजनीतिमा होमिएका छन । अध्यारो राजनीतिमा उज्यालो छर्न बेलबारीका ऐश्वर्य प्रसाद आचार्य (बिपिन) मोरङ क्षेत्र न. ३(ख) बाट प्रदेश सभा सदस्य पदको प्रतिस्पर्धामा छन ।
बिगत लामो समयदेखी विभिन्न संघ– संस्थामा रहेर २७ वर्षे आचार्यले सामाजिक कार्य गरिरहेका छन । सहयोगी र मनकारी स्वभावका कारण आचार्य जनता माझ लोकप्रिय छन । आगामी मङ्सिर ४ को चुनावका लागि उनले लालटिन चुनाव चिन्ह पाएका छन । कर्ममा विश्वास राख्ने आचार्य आफुले सदैव जनताको हितमा रहेर काम गरेका कारण निर्वाचनमा लोकप्रिय मतका साथ विजयी हुने बताउछन ।