१७ मंसिर २०८१, सोमबार

शताब्दी पुरूष’ सत्यमोहन जोशीको १०३ बर्षमा निधन

49


नेपाली कला, संस्कृति र साहित्यमा महत्वपूर्ण योगदान दिँदै तीनपटक मदन पुरस्कार जितेका ‘शताब्दी पुरूष’ सत्यमोहन जोशीको १०३ वर्ष उमेरमा आइतबार बिहान निधन भएको छ।

जोशी लामो समयदेखि प्रोस्टेट तथा मुटुको समस्याबाट गुज्रिरहेका थिए। असोज ७ गते उनलाई खानामा अरूचि, शारीरिक कमजोरी लगायत समस्या देखिएपछि अस्पताल लगिएको थियो। उनलाई पिसाब संक्रमण, छाती तथा मुटुको समस्याका साथै डेंगी पनि देखियो। करिब दुई साताको उपचारपछि उनी दोहोरो कुराकानी गर्न सक्ने भएका थिए। तर शुक्रबार शरीरमा अक्सिजनको मात्रा घटेपछि उनी फेरि सिकिस्त भएका थिए।

जोशीको जन्म १९७७ साल वैशाख ३० गते ललितपुरको बखुम्बहालमा भएको थियो।

Leave A Reply

Your email address will not be published.