बेलबारी कांग्रेसले गर्यो पार्टीमा पुन फर्कन अनुरोध
उचित सम्मान र मूल्यांकन गर्ने निर्णय
बेलबारी/नेपाली कांग्रेस बेलबारी नगर कार्यसमितिले पार्टीबाट विभिन्न कारणले अलग भएका र स्वतन्त्र भएकालाई पुन पार्टीमा फर्कन अनुरोध गरेको छ ।
मंगलबार नेपाली कांग्रेस बेलबारीले बिज्ञप्ती जारी गर्दै राजीनामा दिने सम्पुर्णलाई पुनः पार्टीमा फर्कन अनुरोध गरेको होl तत्कालको आक्रोशले पार्टिको आधिकारिक उम्मेदवारको विरुद्दमा लाग्दा पार्टिलाई ठुलो क्षति पुगेको छ विज्ञप्तिमा भनिएको छ-” पार्टिबाट विभिन्न कारणले अलग भएका, स्वतन्त्र भुमिकामा रहने निर्णयमा पुग्नुभएका सम्पुर्ण साथीहरुलाई नेपाली काङ्ग्रेस पार्टी विना शर्त पार्टीको मुलधारमा फर्कन अनुरोध गर्दछौ। साथीहरुको उचित सम्मान र मुल्याङ्कनमा आगामी दिनमा कुनै विभेद नहुने समेत यसै विज्ञप्ति मार्फत प्रतिबद्द्ता जाहेर गर्दछौ।”
पार्टीको आधिकारिक उम्मेदवार को विरुद्दमा बागी उम्मेदवारी दिनेका लागि भने अपिल लागु नहुने विज्ञप्तिमा भनिएको छ । समितिले आगामी मंसिर ४ गते हुने निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेद्वारलाई जिताउन समेत आग्रह गरेको छ ।