बेलबारी जेसीजको ‘जेसीज सप्ताह २०७९’ सुरु
मोरङको बेलबारीमा जेसीज सप्ताह २०७९ को उद्धघाटन गरिएको छ ।
आइतबार बेलबारी नगरपालिका भरिका ११ वटै वडा कार्यलयहरुमा ‘गो ग्रीन बेलबारी ‘ अन्तर्गत विभिन्न फलफुलको बिरुवा रोपर कार्यक्रमको उद्धघाटन गरिएको हो।
भाद्र २६ बाट सुरु गरिएको जेसीज सप्ताहको पहिलो दिन जेसी विप्लव पोखे्रेलको संयोजकत्वमा ‘गो ग्रीन बेलबारी’ अन्तर्गतको वृक्षरोपन कार्यक्रमबाट सुरुवात गरिएको थियो । त्यस्तै भाद्र २८ गते जेसी सनम खतिवडाको संयोजकत्वमा ‘भिजिट लोम’ अन्तर्गत जेसीजको बिभिन्न शाखाहरु भ्रमण गर्ने कार्यक्रम रहेको छ । २९ गते जेसी सपना काफ्लेको संयोजकत्वमा ‘मुस्कान प्रहरी मेरो साथी’ कार्यक्रम बेलबारी १ को सगरमाथा विध्यालयमा गरिने , असोज ३ गते बिहान जेसी सियोम सुबेदी को संयोजकत्वमा ‘फ्रेण्डली फुट्सल’ प्लानेट लाउंजमा गरिने, ५ गते बिहान जेसी ओमनाथ गौतमको संयोजकत्वमा ‘लेट्स हियर बेलबारी’ शिक्षा सन्देश विध्यालयमा गरिने र सोही दिन जेसी सरोज सुबेदीको संयोजकत्वमा ‘बिजनेस ट्राभल’ कार्यक्रम बेलबारीमा गरिने , ७ गते जेसी विकि मगरको संयोजकत्वमा ‘एन्टि ड्रग पिस मार्च’ कार्यक्रम र सोहि दिन ‘टि टाइम विथ पास्ट प्रेसिडेन्ट अफ बेलबारी’ कार्यक्रम गरि जेसीज सप्ताहको समापन गरिने बेलबारी जेसीज २०२२ का अध्यक्ष नवराज सुवेदीले जानकारी दिएका छन।
साताभरि विभिन्न कार्यक्रम गरिने ‘जेसीज सप्ताह २०७९’ को मुल कार्यक्रम संयोजक जेसी प्रशान्त निरौला रहेका छन् भने सह–संयोजक जेसी भुवन कार्की र इभेन्ट म्यानेजमेन्ट संयोजक जेसी विकास बुढाथोकी रहेका छन् ।