११ माघ २०८१, शुक्रबार

हाम्रो माग ३२ सिट हो ; रकम चेमजोङ

चेमजोङको धनकुटाबाट चुनाव लड्ने तयारी ;

1,043


२०
, भाद्र ।  जनता समाजवादी पार्टी, नेपालले सत्ता गठबन्धनभित्र कूल १६५ मध्ये ३२ सिट माग गरेको

जसपाका केन्द्रीय कार्यकारिणी सदस्य रकम चेम्जोङका अनुसार ३२ सिट माग गरिएकोमा गठबन्धनभित्र समझदारी हुँदा केही सिटछोड्न सकिने

जसपाबाट सिट बाँडफाँट सम्बन्धी कार्यदलका सदस्यसमेत रहेका चेम्जोङले भने, ‘हाम्रो माग ३२ सिट हो, त्यसमा दुई चार सिट सम्झौताहोला सबैले मागेजति नै पाउँला भन्ने मलाई लाग्दैन

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले १०० सिट मागेको भए पनि त्यसरी सबैलाई नपुग्ने उनको भनाइ

कांग्रेसले मागेको १०० सिट पुग्दैन नि ! उनीहरु पनि ८०, ७५ को हाराहारीमा झर्लान्, हामी पनि झरौला, माओवादी केही झर्ला, एकीकृत समाजवादी पनि झर्ला,’ उनले भने, ‘यस हिसाबले संख्या १६५ भित्र झर्ला भन्ने हामीलाई आशा

उनले भने, ‘हामीले अहिले एमालेसँग मिलेर लड्ने सोचेकाे छैनौ सकभर यही गठबन्धनमा कुरो मिल्छ, हामी यही गठबन्धनबाट चुनावलड्छौं

धरानमा पार्टी कार्यालय बाहिर जसपाका संघीय परिषद् अध्यक्ष अशोक राईसँग सल्लाह गर्दै रकम चेम्जोङले अब कार्यदल सत्तारुढदलका शीर्ष नेताहरु बसेर चारपाँच दिनभित्रमा सिट बाँडफाँटको कुरा मिल्ने बताए

उनले अबको निर्वाचनमा धनकुटाबाट कांग्रेसले आफूलाई छोडिदिनुपर्ने पनि बताए

धनकुटा मेरो निर्वाचन क्षेत्र हो योभन्दा अगाडि कांग्रेसका सुनिलबहादुर थापाजीलाई मैले छोडिदिएको हो । यसपालि मलाई छोड्नुपर्छ

Leave A Reply

Your email address will not be published.