दीपज्योति साकोसले गर्यो तीज विशेष कार्यक्रम
शेयर सदस्य रहेका महिला जनप्रतिनिधिलाई सम्मान
बेलबारी । शुक्रबार मोरङको बेलबारी – १ मा रहेको दीपज्योति नारी विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले तिज बिशेषकार्यक्रम सम्पन्न गरेको छ ।
नजिकिदै गरेको हरितालिका तिजको अवसर पारेर बेलबारी –४ स्थित बेतना सिमसारमा तिज बिशेष कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा संस्थाका शेयर सदस्यहरुबाट स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका महिला जनप्रतिनिधिहरुलाई सम्मान गरिएकोथियो । बेलबारी –१ की वडा सदस्य सन्चुमाया लिम्बु ,बेलबारी –४ का वडा सदस्यहरु भिम कुमारी लिम्बु र यशोदा मंग्राती ,केराबारी –९की वडा सदस्य हिमादेवी सुवेदी लिम्बु सम्मानित भएका थिए ।
कार्यक्रममा संस्थाकी अध्यक्ष पार्बती बरालको सभापतित्व रहेको थियो । बरालले कार्यक्रमलाई सम्बोधन गर्दै १० रुपैया बाट सुरु भएकोदीपज्योतिले आज १९ करोडको कारोबार गरिरहेको बताइन । बरालले संस्थाले महिलाहरुलाई बचत संगै आत्मनिर्भरता तालिम प्रदानगरिरहेको बताइन ।
प्रमुख अतिथि रहेका बेलबारी नगरपालिकाका नगरप्रमुख दिल प्रसाद राईले तिजलाई भड्किलो नभई मौलिक ढंगलेमनाउनुपर्ने बताए । राइले दीपज्योति साकोसले उत्कृष्ट सहकारीको रुपमा काम गर्दै आम मानिसको जीवनमा प्रकाश छरिरहेको बताए ।
विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रमको संचालन भने साकोसकी व्यवस्थापक गोमा खुलालले गरेकी थिइन ।