१८ बैशाख २०८३, शुक्रबार

“निजी विषयलाई लिएर लिएर पार्टी छोड्नु डा. बाबुरामको गैर-जिम्मेवारपुर्ण निर्णय”- अशोक राई

73

१५ साउन,  काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष अशोक राईले पार्टीबाट डा. बाबुराम भट्टराईको बहिर्गमनको कारणजुगाँको लडाइँनै भएको बताएका छन्

आइतबार काठमाडौंमा पार्टीको बाग्मती प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलामा अध्यक्ष राईले डा. भट्टराई निजी महत्वको विषयलाईलिएर पार्टीबाट पलायन भएको बताए

उनले भट्टराई बहिर्गमनको कारण सैद्धान्तिक वैचारिक विवाद नभएको प्रष्ट पारे ।तर राजनीतिमा जुगाँको लडाइँको खासै महत्व नहुनेसमेत उनले बताए

उनले भने, ‘उहाँहरुको बहिर्गमन जुगाँको लडाइँ मात्रै हो किनकी, त्यहाँ विचारको लडाइँ, सिद्धान्तको लडाइँ केही पनि थिएन

नेताको कार्यशैली, दम्भ निजी विषयलाई लिएर पार्टी नै छोड्नु डा. भट्टराईको गैरजिम्मेवारीपन रहेको उनको भनाइ

सो क्रममा उनले जसपाको विधानमाएक व्यक्ति एक पदरहने व्यवस्था रहेको भन्दै साच्चै पार्टी निर्माणमा लाग्ने हो भने केन्द्रीयसदस्यको पद छोडेर प्रदेश स्थानीय तहको समितिमा बस्न केन्द्रीय सदस्यहरुलाई आग्रह पनि गरे

पार्टीका नेताहरुमा प्रदेश समितिको पद छोडेर केन्द्रीय समितिमा बस्ने आकांक्षा बढेर गएको भन्दै उनले केन्द्रीय समिति कार्यकारीनभएको, बरु प्रदेश स्थानीय समितिहरु नै कार्यकारी शक्तिशाली भएको बताए

जसपा केन्द्रीय कार्यकारिणी सदस्य तथा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले पार्टी समितिको नेतृत्व चयन गर्दाभुगोलमै बस्नेहरुलाई अघि बढाए संगठन निर्माणमा सहज हुने बताए उनले पार्टीभित्र सबै कुराको व्यवस्थापन गरेर अघि बढ्न सकेशक्तिशाली पार्टी बन्ने बताए

नुच्छेलाल महर्जनको अध्यक्षतामा आयोजित भेलामा पार्टीको बागमती प्रदेश समितिका उपाध्यक्ष विद्युत बज्रचार्यले स्वागत भाषण गरेकाथिए भने सहइन्चार्ज लालबहादुर तामाङले प्रदेश समिति पुनर्गठन गर्नुपर्ने भएकोले सोको तयारी अनुरुप भेलाको आयोजना गरिएकोबताए

भेलामा जसपाका केन्द्रीय सदस्य आङदेन्डी शेर्पा, सोनी लामा, तारासिंह विश्वकर्मा, सन्तोष सिलवाल, योगराज लिम्बू लगायतनेताहरुको उपस्थिति थियो

Leave A Reply

Your email address will not be published.