“पहिचानको मुद्दालाई जातीवाद, बिखण्डनवाद र फुटवादी ढंगले प्रस्तुत गरिदैछ”- शुशिल राई
शुशिल राई
विराटनगर, ११ साउन। म कुनै जाती विशेषको पक्षधरता होइन,म मेरो नामको पछाडी झुण्डिने स्वयंम राई जातीको पक्षधरता पनि होइन। किनकी मलाई र मेरोपुस्तालाई अवगत छ,जातजाति भन्दा हामी वृहत नेपाली हौं भन्ने राष्ट्रिय एकताको परिचय। हाम्रो अभिमान र स्वाभिमान। हामिलाई कुनैदलिय नेताले प्रयोग गर्ने राजनीतिक राष्ट्रियता र देशभक्तिको सस्तो र खोक्रो हुईयाँ प्रति कौडिभर विश्वास छैन र गर्दैनौं।
पछिल्लो पटक प्रदेश नामाकरणको सन्दर्भमा म पहिचानको पक्षको विभिन्न कार्यक्रमहरुमा सहभागी हुँदै गर्दा म र स्वयम पहिचानकोमुद्दा के हो भन्ने विषयमा धेरैमा अस्पष्टता र नकारात्मक बुझाईको प्रभाव रहेको देखिन्छ। झट्ट हेर्दा सतहीमा “किराँत” शब्दावली र“लिम्बुवान किराँत” शब्दावलीले विशुद्ध राई या लिम्बु जातीलाई मात्र सम्बोधन गरेको देखिने गरेर पहिचानको मुद्दालाई जातीवाद, बिखण्डनवाद र फुटवादी ढंगले प्रस्तुत गरियो। यसले अराजकता,अराष्ट्रियता र निश्चित जातीलाई प्रश्रय दिएको भन्ने अर्थमाबजारिकरण गरियो। यो उग्रजातीवाद,अहंकारवाद र नश्लवादी चिन्तन हो,जुन नेपाली समाजको समावेशीकरण, सहिष्णुता र राष्ट्रियएकताको बैरी हो।
“किराँत” र “लिम्बुवान किराँत“पहिचानको सवाल र माग पेचिलो बन्दै गर्दा यसको अनरनिहिता माथि गौर गर्नु र बुझ्नुभन्दा यसलाईजातिवादसँग जोडेर जसरी उद्युमका साथ अपब्याख्या गरिन्दैछ,यो नेपालको राज्यसंरचना र सामाजिक बनावटलाई नबुझ्नु,सामाजिकखलल र राष्ट्रियता माथी नकारात्मक प्रभाव पार्न खोज्नु हो। “किराँत” र “लिम्बुवान किराँत” ऐतिहासिकता हो, यो जात (Caste) होईनबरु यो राज्य ( Nation) हो भन्ने कुरा तथ्यगत र प्रमाणगत ईतिहास छ। प्रदेश नामाकरणको प्रंसग आउँदा नेपाल देश स्वयंम पनिपहिचानमा आधारित छ। विश्वको चलनले देश र प्रदेशको नामाकरण खोलानाला,पहाडपर्वत,ढुंगामुडाको आधारमा राखेको कमैछ,जबकी पहिचान यी हाम्रा प्राकृतिक सम्पदाले खोजेको पनि होईन। पहिचान हजारौं बर्षको ईतिहास,सभ्यता र संस्कृति बोकेको यहाँका समुदाय र जनताले खोजेको यथार्थलाई बुझ्ने चेष्टा नगर्नु पश्चगामी राजनीतिका ठेकेदार र सहिष्णुता अस्विकार गर्नेउग्रजातीवादीहरुको योजना हो। किराँत र लिम्बुवान किराँत जातजाति होईनन,यो सभ्यता हो,संस्कार हो,भूगोल हो,ईतिहास हो,भाषा रधर्म पनि हो। त्यसैले अन्ततः यो राज्य हो।
ऐतिहासिकता र पहिचानको आधारमा प्रदेशको नामाकरण सविधानसभाले बोलेको र ग्यारेन्टी गरेको संविधान प्रदत्त विषयवस्तु हो।प्रदेशको नामाकरण ऐतिहासिकता र पहिचानको आधारमा गरिनुपर्छ भन्दै गर्दा किराँत र लिम्बुवान किराँतसँग यत्रो विघ्न असहिष्णुता रतिक्तभाव उठान गरिनु राष्ट्रियता बलियो बनाउन खोज्नु हो त? कथित विविधता भित्र एकता रहेछ त? समावेशिता र स–सम्मानको स्थितिनेपाली समाजमा कस्तो रहेछ त? बुझिनुपर्छ र नयाँ ढंगबाट परिभाषित हुनुपर्छ। आज ईतिहास,सभ्यता र पहिचानको विरुद्धमा भद्दा र निषेधको राजनीतिक खेल सल्बलाई रहदा त्यसको प्रत्यक्ष नेतृत्व नेकपा (एमाले) र राप्रपा नेपाल पार्टीले गर्दैछ। अर्को तर्फ पहिचानको परिभाषा र तत्त्वबोधको अभावमा “किराँत” र “लिम्बुवान किराँत” पक्षधरतामा आवाज उठाउने मध्येका केही शक्तिले सामाजिक सद्भावर नेपालको बहुपक्षीय पहिचानको अस्तित्वलाई धुमिल गर्ने व्यक्तव्यबाजी र गतिविधि गरेर सतहमा पहिचान पक्षधर देखिएता पनि फेरिपनि पहिचान विरोधी हर्कत गरिरहेको देखिन्छ।
जब जब समाजमा पेचिलो मुद्दा र क्षणहरु आउछन,बोलक्कड नेताहरू किन मौन रहन्छ्न? प्रदेश न.१ नामाकरणको सन्दर्भमा कुनै नेतालेआफ्नो धारणा सार्वजनिक नगरेर फेरि पनि आदिवासी जनजाती,मधेसी,मुश्लिम र अल्पसंख्यक जनसमुदायलाई भोट बैंकको रूपमासुरक्षीत राख्ने बाहेक अरु सोच्ने कष्ट गरिरहेका छैनन्। अझै स्पष्ट बिचार दृष्टिकोण राख्न नसक्ने नेता–नेतृत्वको औचित्य रहन्छ? अझैहामीमा उपयुक्त राजनीतिक नेतृत्वको अभावनै रहेछ भन्ने प्रमाण देखिएन र? लामो राजनीतिक अध्याय पार गरेर आज संघियलोकतान्त्रिक गणतन्त्रको राजनीतिक व्यवस्थाको अभ्यास गरिरहदा ” गरिबको चमेली बोल्दिने कोहि छैन” कै स्थितिमा हाम्रो समाज रनेता–नेतृत्व रहेको दु:खद तर स्पष्टता हामिले महसुस गरिरहेका छौं।
प्रदेश खारेज गर! संघियता खारेज गर! जस्ता प्रतिगामी र कु–हर्कतमा उद्दत अविवेकपुर्ण जत्थाहरु आज परिचालित भईरहदा ” पौडेलप्रदेश“, ” काफ्ले प्रदेश” “उपाध्याय प्रदेश“को खिसिटिउरी मजाकको लहर सामाजिक संजालमा प्रस्तुत गरिदै गर्दा कथित समाजशास्त्रीहरु,कथित बुद्धिजिविहरु,कथित ईतिहासकारहरु गुफा पसेका छन,जसरी श्रावण महिनामा धामी,झाक्री र बिजुवाहरुको शक्ति देव गुफा पस्ने भएकाले श्रावण महिनामा धामी बिजुवाहरुले झारफुक गर्दैनन्। उखानटुक्का छाटने नेताहरू,सिङ्गापुर रस्विजरल्याण्ड बनाउने सपना देखाउनेहरु,फ्री मा उपचार गर्दिने अस्पतालका मालिक डाक्टर नेताहरू,नेतालाई गलौज गर्ने कथित बुद्धिजिवि र भलादमीहरु सबै चुपचाप छन्। आउदो मङ्सिरमा हुने चुनावका सम्भावित उम्मेदवारहरु भोटरको मात्रा घटने डरले अहिलेकोप्रदेश न.१ नामाकरणको सन्दर्भमा तैँ चुप,मैँ चुपको स्थितिमा छन। नाक बेचेर सांसद बनेकाहरु निर्वाचित भुगोलमा बडा–बडा कुराठोक्नेहरु आज काँपि रहेका छन। पार्टीको पद धारण गरेकाहरु पद र प्रतिष्ठाको खोक्रो लोभमा अनन्त धाममा माला जपेझैँ स्वाङपारिरहेका छन। म जस्ता केही अध्ययनशिल मान्छे यथार्थलाई यथार्थतामा प्रफुष्टन गर्दै गर्दा जातिवादी भएको लाल्छना लगाउदैछ्न, थर्काउदैछन, गिज्याउदैछन। जब समाजको ईश्यु यो पनि हो भने वस्तुगत चिजहरु प्रकट गर्नै नसक्ने पानीमरुवा र “सर्प देख्दा बाहिर हात,माछा देख्दा भित्र हातको” नीति अवलम्बन गर्दैछन। राजनीतिक व्यवस्थामा आएको परिवर्तनले के औचित्य राख्छ यदि व्यवस्थाहाँक्ने व्यक्ति र प्रवृत्ति ज्युँ का त्युँ उस्तै रहुन्जेल? परिवर्तन र विकास सम्भव छ त? मुल्यांकन र समीक्षाको परिक्षाको रिजल्ट हेर्दैछौं।पार्टीको झोले भनिने शब्दावलीको परिभाषा आजको स्थितिमा स्पष्टताका साथ देखिदैछ। गम गरौं।
हामी विश्वमा विविधता भित्रको एकताको शुत्रमा बाधिएका नेपालीको नामले सुपरिचित छौं। हामी बहुलजाती, बहुलभाषि, बहुधार्मिक,बहुसंस्कृति र बहुपहिचानको धरातलमा बनेको समाजमा अवस्थित नेपाली हौं। नेपालको सामाजिक बनावट अनेकन सभ्यता,संस्कृति र ईतिहाससँग जोडिएको शाश्वत सत्यता र प्रमाणगत स्थिति हो। राज्यको पुनर्संरचना र संघियताको सवाल अनिनेपालको सामाजिक बनावट र यहाँ स्थित विभिन्न जाती र समुदायको आ–आफ्नै परिचय र पहिचान भएको यथार्थलाई नकार्न सकिदैन।
नेपाल हिन्दुराज्य थियो। धेरै समयसम्म एकात्मक हिन्दुवादी राज्यसत्ताले अन्य जातजाति र सभ्यता माथी हुकुमत चलाएको सत्यतायहाँका तमाम गैर–हिन्दुहरुले मात्र हैन नेपालको ईतिहास र विगत बुझ्नेहरु सबैलाई अवगत कुरा हो। राजा पृथ्वीनारायण शाहले बाईसे रचौबिसे राज्यसत्ता एक नेपाल निर्माणको क्रममा जितेको सत्यतालाई जति स्विकार्य छ,वर्तमान नेपालमा ती हडपेका राज्यको सभ्यता रसंस्कृति बोक्ने,बोल्ने र मान्ने लिम्बुवान किराँत सभ्यता बाँचेको यथार्थलाई स्विकार्न सक्नुनै वर्तमान “सयौं थुगा फुलका हामी एउटै मालानेपाली“को भावार्थलाई आत्मासात गर्नु हो।
लिम्बुवान किराँतलाई पहिचान दिदैमा अन्य सभ्यता बोक्नेहरु गैर–नेपाली हुने होईन,जस्तो २५० बर्ष भन्दा लामो समयसम्म एकात्मकहिन्दु राज्यसत्ता रहदासम्म आज लिम्बुवान किराँत सभ्यता बाँचेको छ। नेपाली हुनुमा सबैभन्दा बढी गर्व गरेका छन। लामो समयसम्मको एकात्मक हिन्दुत्वको राज्यसत्ताबाट नियन्त्रित र शासित हुनुको अर्थ अरुलाई अस्विकार गर्ने र पल्लाघरे छिमेकीको ईतिहास,अस्तित्व,पहिचानको विरुद्ध निषेधको मानसिकता बनाउनु ” एउटै माला नेपाली” को स्पिरिट हैन। धार्मिक रुपमा गैर–हिन्दु भएरघरमा पुजा र पुरोहित चलाउने,पुराण र यज्ञमा उत्तिकै सहभागीता र सहयोग गर्ने,दशै र तिहार मनाउने,तिर्थ र व्रत बस्ने तपाईंकोपारिवारिक सदस्य र तपाईंलाई स्वीकार गर्ने खुल्ला हृदयका छिमेकीको परिचय अस्विकार गर्नु राष्ट्रियता हो र!?
पहिचानको मतलब अरु आफ्ना छिमेकीलाई लखेटने,हेप्ने र भगाउने होईन। पहिचानको मतलब बाहुन र पुरोहित पढाउन नदिने भन्नेहोईन। पहिचानको मतलब किराँत सभ्यताका मात्रले अवसर र अधिकार पाउने भन्ने होईन। हराईरहेको,सक्किरहेको र निमेट भईरहेको नेपालको साझा सभ्यताको संरक्षण र विकास हेतु किराँत लिम्बुवान सभ्यताको जगेर्ना गरौं भन्ने हो। के के न होला! सखाप्पै होला! सिध्याउला र नष्ट गर्ला भन्नेनै अनुभुति यहाँका किराँत लिम्बुवान सभ्यता मान्नेहरुले तपाईंलाई दिएका छन् र आजसम्म??