नाम राख्न सकिदैन भने अर्को संसदलाई दिउ, तर पहिचान विरोधि नाम नराखौ-मुख्यमन्त्री राजेन्द्र राई
नेचा सल्यान गाउपालिका सोलुखुम्बुका अध्यक्ष धनजन राई भन्छन्- प्रदेशको नाम सगरमाथा उपयुत्त
साउन५, विराटनगर। प्रदेश नामाकरण पहिचानका आधारमा हुनु पर्ने प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले बताएका छन् । विहिबार लिम्बूवान, किरात संयुक्त संघर्ष समितिले बुझाएको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री बुझ्दै राईले भने–बरु अहिले नाम राख्न सकिदैन भने अर्को संसदलाई दिउ, तर पहिचान विरोधि नाम नराखौ ।
यतिबेला प्रदेशको नामाकरणको बिषय झनै पेचिलो बनिरहेको छ । राजनीतिक दलहरु मै मतभेद भएपछि प्रदेशको नामकरण झन पछिधकेलिएको छ । त्यसो त नामको बिषय टुङ्गो लगाउनकै लागि पटक पटक सर्वदलिय बैठक पनि बसेपनि नाम तत्काल टुङ्गो लाग्ने स्थीति देखिदैन । कोशी, सगरमाथा, कोशी किरात आदि नाम चर्चामा छन्। नेपाली कांग्रेसले सप्तकोशी नाम प्रस्ताव गरेको छ । तर कांग्रेस भित्रै पनि पहिचान पक्षधरहरुले भने प्रदेशको नाम पहिचानका आधारमा हुनुपर्ने बताएका छन्।
प्रदेश नामाकरणका लागि गत साउन २ गते किरात राई यायोक्खाले विराटनगरमा मुख्यमन्त्री कार्यलय तथा संसद भवन घेराउ गरेर प्रदर्शन गरेको थियो । प्रदेशको नामको बिषयलाई लिएर मिश्रित धारणाहरु आइरहेको बेला नेचा सल्यान गाउपालिका सोलुखुम्बुका अध्यक्ष धनजन राईले भने प्रदेश कोनाम सगरमाथा हुनुपर्ने बताएका छन्। सगरमाथाले सबैलाई समेट्ने हुदा यो नाममा विवाद नहुने उनको भनाई छ। अध्यक्ष राई भन्छन्– ” सगरमाथा ले सबैलाई समेट्ने हुदा प्रदेशको नाम सगरमाथा नै उपयुत्त हुन्छ, यसमा सहमति नजुटे सप्तकोशी राख्दा नि हुन्छ।” राई नेपाली कांग्रेसका तर्फबाट अध्यक्ष बनेका हुन्।