जसपा नेपालको सङ्घिय परिषद् अध्यक्षमा पुर्व मन्त्री अशोक राई सर्वसम्मत
डा. बाबुराम भट्टराई सहित कार्यकारिणी समितिका ९ जना पदमुक्त
विरगञ्ज, ३० असार। जनता समाजवादी पार्टी जसपा नेपालको बिरगञ्जमा बसेको केन्द्रीय समितिको बैठकबाट पुर्व मन्त्री अशोक कुमार राई सङ्घिय परिषद्अध्यक्षमा सर्वसम्मत मनोनीत भएका छन्।
जसपाले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायत कार्यकारिणी समितिका ९जना नेतालाई पदमुक्त गर्दै सङ्घिय परिषद् अध्यक्षमा अशोक राईलाई मनोनीत गरेको हो।
कारबाहीमा परेका ९ नेतामा डा. बाबुराम भट्टराई, गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, महेन्द्र राय यादव, हिसिला यमी, भक्तबहादुर शाह, दानबहादुर चौधरी, रमेश यादव, दुर्गा सोब रहेका छन् ।