४ फाल्गुन २०८१, आईतवार

न्वारान कुरिरहेको प्रदेश १

‘सप्तकोशी प्रदेश’ कांग्रेसको प्रस्ताव

90

२६ असार। प्रदेश १ ले राजधानी त पायो तर नाम पाउन भने दलहरुबीच ठुलै घम्साघम्सी देखिएको छ । प्रदेश १ को नामाकरणका विषयमा दलहरूबीच छलफल जारी रहदा नेपाली कांग्रेसले भने औपचारिक रुपमा नाम प्रस्ताव गरेको छ। नेपाली कांग्रेस प्रदेश १ का प्रमुख सचेतक सुयर्माराज राईले पत्रकार सम्मेलन गरी प्रदेश १ को नाम कांग्रेसले ‘सप्तकोशी प्रदेश’ राख्न प्रस्ताव गरेको जानकारी दिएका छन् ।

राईले प्रदेश १ मा कोसी नै नभएको पहिचानपक्षधर र भौगोलिक पक्षधरबीच द्वन्द्व देखिएकाले मध्यमार्गी प्रस्तावका रुपमा सप्तकोशी प्रदेश नाम राख्न प्रस्ताव गरेको बताएका छन् । राइले ‘ प्रदेश १ को पहिचान झल्कने, ऐतिहासिकता, भौगोलिक आधार देखिने र सबैको अपनत्व पनि हुने भएकाले कांग्रेसले ‘सप्तकोशी प्रदेश’ नामाकरणको प्रस्ताव राखेको बताएका छन् ।’ उनले शुक्रबारको सर्वदलीय बैठकमै कांग्रेसले सप्तकोशी नाम राख्न प्रस्ताव गरेको दाबी गरेका हुन् । राईका अनुसार कांग्रेसले प्रस्ताव गरेको नामका विषयमा अन्य दलहरू पनि सकारात्मक देखिएकाले आगामी बैठकबाट सर्वसम्मत रुपमा प्रदेशको नामाकरण हुने विश्वास रहेको बताए ।

यसअघि भने नेपाली कांग्रेस र एमालेबीच कोसी प्रदेश नामबारे अनौपचारिक छलफल भएको विषय सार्वजनिक भएको थियो । एमालेले प्रस्ताव गरेको कोसी प्रदेशको विपक्षमा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दलहरू देखिएका थिए । नेकपा माओवादी केन्द्रले किंरात प्रदेश, एकीकृत समाजवादीले कोसी किँरात र जनता समाजवादीले शेर्पालुङ कोसी किँरात प्रदेश नामाकरण गर्न प्रस्ताव राखेका थिए।

९० सदस्यीय प्रदेशसभामा ५ दलीय गठबन्धनमा ५० जना सांसद मात्रै छन्। प्रमुख प्रतिपक्षी एमालेका ३९ र राप्रपाका १ प्रदेश सांसद छन्। प्रदेशसभाबाट प्रदेशको नाम पारित गराउन आवश्यक ६० सांसद पुर्‍याउन एमालेको समर्थन आवश्यक पर्छ।

Leave A Reply

Your email address will not be published.

toto slot xx1toto slot toto slot gacor Bandar Togel Bandar Togel slot toto toto slot toto slot slot dana xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto Bandar Slot Gacor Situs Toto Slot Situs Slot Toto xx1toto