४ फाल्गुन २०८१, आईतवार

जसपा फुट्ने निश्चित, दुइ पक्षको बैठक दुईतिर

विरगञ्जमा हुने बैठकमा डा बाबुराम भट्टराई उपस्थित नहुने

231

काठमाडौं, २१ असार। जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको विस्तारित बैठक अन्योलमा परेको छ। उपेन्द्र यादव पक्षले असार २७ र २८ गते विरगञ्जमा बैठक बोलाएको छ। तर, संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पक्ष भने सो बैठकमा उपस्थित नहुने बुझिएको छ। भट्टराई पक्षले २९ र ३० गते काठमाडौंमा बस्नेगरी केन्द्रीय समितिको विस्तारित बैठक बोलाएको जसपाका कार्यकारिणी समिति सदस्य गंगा श्रेष्ठले जानकारी दिए। यससंगै जसपाको बैठक अन्योलमा परेको हो।

जसपाका उपेन्द्र यादव पक्षले वीरगञ्जमा बस्नेगरी बोलाएको बैठकमा बाबुराम पक्ष सहभागी नहुने बताउदै नेता श्रेष्ठले भने, “जसपाका अध्यक्ष उपेन्द्र यादवले बोलाउनु भएको बैठकको बारेमा सबैलाई जानकारी गराएको छैन, र एकलौटी रुपमा बैठक बोलाएको कारण त्यसमा हाम्रो उपस्थिति हुनेछैन । असार २९ र ३० गते हामीले सबैलाई आह्वान गरेर विस्तारित बैठक बोलाउन लागेको छौं ।”
जसपा विभाजन हुने कि के हुने त्यसको निर्णय विस्तारित बैठकले गर्ने उनले बताए । पार्टीबाट अलग हुने वा त्यही बस्ने एकजनाले मात्र निर्णय गरेर नहुने भन्दै उनले केन्द्रीय समिति तथा पार्टीका अन्य निकायको राय अनुसार निर्णय गरिने बताए।

यता जसपाका केन्द्रीय कार्यकारिणी सदस्य तथा मधेश प्रदेशका कृषि मन्त्री विजय यादव भने विरगञ्जमा हुने बैठक नै आधिकारिक भएको बताउछन् । काठमाडौंमा बोलाइएको बैठक बारे आफुलाई कुनै जानकारी नभएको उनको भनाई छ। मन्त्री यादव भन्छन्-” मलाई काठमाडौं मा पार्टी को बैठक छ भन्ने कुनै जानकारी छैन। म असार २७-२८ गते बिरगन्जमा सन्चालन हुने बैठकमा सहभागी हुनेछु र पार्टीको आधिकारिक बैठक पनि त्यहि हो ।”
जसपा भित्र उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षबिच मतभेद हुदा पार्टि फुट्ने सम्मका खबरहरु आईरहेका छन्।

Leave A Reply

Your email address will not be published.

toto slot xx1toto slot toto slot gacor Bandar Togel Bandar Togel slot toto toto slot toto slot slot dana xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto Bandar Slot Gacor Situs Toto Slot Situs Slot Toto xx1toto