११ माघ २०८१, शुक्रबार

पार्टी बचाउने अन्तिम प्रयास,जसपाका शिर्ष नेताबीच संयुक्त छलफल हुदै

"बैचारिक रुपमा खासै बिमेल छैन, छिट्टै अन्तरिक समस्याको समाधान हुन्छ"-अशोककुमार राई

460

१४ असार, काठमाडौं। पछिल्लो समय पार्टी भित्रको किचलोको कारण जनता समाजवादी पार्टी (जसपा), नेपाल फुट्ने सम्मको खबरहरु आइरहदा जसपाका वरिष्ठ नेता अशोककुमार राईले भने वैचारिक रुपमा आफुहरुको बिमेल नभएको बताएका छन्। आफुले दुवै नेतासङ्ग छुट्टाछुट्टै छलफल गरेको बताउदै उनले भनेका छन्-“मलाई बहुमतबाट अध्यक्ष हुनु छैन तर त्यसको अर्थ अध्यक्ष बन्न असमर्थ चाहि होइन …।नेतृत्वगणबाट उत्पीडित सामुदायको मुक्ती, शान्ति संमृद्दि संगै पहिचान स्थापित गराउने, गन्तव्य, विचार, दर्शन दायाँबायाँ हुनु भएन। आन्तरिक बिषयमा बाबुराम भट्टराई पक्षबाट हस्ताक्षर अभियान चलाउनु गलत हो। मेरो बाबुराम उपेन्द्र दुबै जना नेतासंग छुट्टाछुट्टै छलफल भएको छ। अब हामी तीन जनाको बीच संयुक्त छलफल हुन्छ। बैचारिक रुपमा खासै  बिमेल छैन, छिट्टै अन्तरिक समस्याको समाधान हुन्छ।

पार्टीको अध्यक्ष हुने होडबाजी कै कारण पछिल्लो समय सङ्घिय परिषद् अध्यक्ष बाबुराम भट्टराई पार्टी अध्यक्ष उपेन्द्र यादवबिच मतभेद देखिदै आएको लामो समयदेखि जसपामा यादव भट्टराई पक्षबीच विवाद चलिरहेको

भट्टराईले कार्यकारी अधिकार आफूले लिने रणनीति अनुसार गतिविधि गरिरहेको स्रोतको दाबी यसका लागि भट्टराई पक्षधरले पार्टीमा हस्ताक्षर अभियान समेत चलाएका थिए यसबाट रुष्ट बनेको यादव पक्षले कार्यकारिणी समितिमा आफ्नो बहुमत भएको दाबीगर्दै भट्टराई माथि नै कारबाही गर्ने निर्णय लिएको बताईएको

Leave A Reply

Your email address will not be published.