२८ आश्विन २०८१, सोमबार

मूल्य वृद्धिको विरोधमा विराटनगरमा चक्काजाम

प्रति लिटर पेट्रोल १९९ ,मट्टितेल र डिजेल १९२ रुपैया

59

६ असार/ नेपाल आयल निगमले  इन्धनको मुल्य वृद्धि गरेपछि  विराटनगरमा यातायात व्यवसायी र मजदुरले सोमबार बिहान चक्काजाम गरेका छन् ।

आइतबार रातिबाट निगमले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको छ ।

मूल्य वृद्धि भएपछि एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ भने एक लिटर डिजेल र मट्टितेलको मूल्य १९२ रुपैयाँ पुगेको छ ।

मूल्य वृद्धिको विरोधमा सार्वजनिक सवारी यातायात मजदुर र सञ्चालकले कोसी राजमार्गको विराटनगरको राजवशी चोक सडक खण्डमा सवारी साधन राखेर यातायात अवरुद्ध गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.