१७ मंसिर २०८१, सोमबार

जुम्लाका मञ्जु र दलबहादुरले जिते चौंथो ‘गुरिल्ला अल्ट्रा म्याराथन’ को उपाधि

93
असार ४ ।चौथौ संस्करणको ‘गुरिल्ला अल्ट्रा म्याराथन’ को उपाधि कर्णाली स्पोर्टस जुम्लाका दलबहादुर कुँवरले जितेका छन्।

शुक्रबार सम्पन्न ६२ किलोमिटर लामो गुरिल्ला अल्ट्रा म्याराथन उनले ५ घण्टा ५३ मिनेट २ सेकेण्डमा पूरा गर्दै उपाधि रक्षा गरेका हुन्।

त्यस्तै, रूकुम (पूर्व) भूमे– २, खावाङका हिमाल बुढा मगर दोस्रो भए। मगरले निर्धारित दूरी ६ घण्टा २१ मिनेट ६ सेकेण्डमा पुरा गरे।

यस्तै रूकुम पश्चिमका दुर्गाबहादुर बुढाले निर्धारित दूरी ६ घण्टा ३० मिनेट ५७ सेकेण्डमा पूरा गर्दै तेस्रो भए।

यसअघि गत चैत २६ गते जुल्मा अल्ट्रा म्याराथनमा दोस्रो भएका कुँवरले यस पटक बाजी मारे।

विजेता कुँवरले ट्रयाक निकै कठिन भए पनि रोमाञ्चक रहेकाले आगामी दिनमा हुने अन्य म्याराथन प्रतियोगितामा निरन्तर सहभागिता जनाउने बताए।

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button

४ असार । मुलुकले आज नयाँ मिस नेपाल प्राप्त गर्नेछ । बेलुका ललितपुरमा हुने ग्रान्ड फिनालेमा २४ जना सुन्दरीबीच ताजको लागि प्रतिस्पर्धा हुँदैछ ।

कोरोना महामारीको कारण अघिल्ला दुई वर्षमा रोकिएको मिस नेपाल यसपटक भने भौतिकरुपमै आयोजना हुन लागेको हो । द हिडन ट्रेजरले यसपटकको संस्करणलाई भव्य तुल्याइने जनाएको छ ।

६ जना चिकित्सकसहित विभिन्न पेसा व्यवसायका सुन्दरी प्रतिस्पर्धामा उत्रिएका छन् । यसपटकको संस्करणबाट मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेसनल र मिस नेपाल अर्थ छानिनेछन् ।

यसपटक सुप्रान्यासनल टाइटललाई हटाइएको छ । मुख्य तीन टाइटलबाहेक बाँकी ९ वटा सब-टाइटलको विजेतासमेत घोषणा हुने तयारी छ । आजको फिनालेमा नीति शाहसहित ११ जना निर्णायकको रुपमा रहनेछन् ।

नयाँ विजेतालाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्‍याइदिनेछिन् ।

Leave A Reply

Your email address will not be published.